spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपाली कांग्रेसले निर्वाचन लक्षित एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने

नेपाली कांग्रेसले निर्वाचन लक्षित एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने

spot_img

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।पार्टी केन्द्रिय कार्य सम्पादन समितिको मंगलबार सम्पन्न बैठकले स्थानीय तह निर्वाचन केन्द्रित संगठन सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको हो । सो अभियान फागुन २० गतेदेखि चैत्र २० गतेसम्म सञ्चालन हुनेछ ।यस्तै, बैठकले पार्टीका विभिन्न १० भ्रातृ संस्थाको केन्द्रीय कार्यसमिति भंग गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद सकिँदा पनि अधिवेशन गर्न नसकेका १० वटा भ्रातृसंस्थाको केन्द्रीय समिति भंग गर्ने निर्णय गरेको हो ।
भंग भएका भ्रातृसंस्थाको नयाँ तदर्थ समिति बन्नेछ । तदर्थ समिति गठनको अधिकार पार्टीसभापति शेरवहादुर देउवालाई दिएको कांग्रेसले जनाएको छ ।कार्यसमिति भंग भएका भ्रातृसंस्थामा नेपाल विद्यार्थी संघ,नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान संघ र नेपाल प्रजातन्त्र सेनानी संघ रहेका छन् ।यस्तै, बैठकले नेपाल आदीवासी जनजाती संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघको केन्द्रीय समिति पनि भंग गर्ने निर्णय गरेको छ ।बैठकले एमसीसी सम्झौंतालाई अनुमोदनमा लागि संसदमा तत्काल टेवल गर्न पनि पार्टी नेतृत्वको सरकारलाई आग्रह गरेको छ । सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष एमालेले समेत सो सम्झौता विभिन्न काखखण्डमा अघि बढाएकाले सो सम्झौंता अनुमोदनका लागि सबै दलहरुलाई बैठकले आह्वान समेत गरेको प्रवक्ता महतले बताए।काँग्रेसले एमसीसी राष्ट्रका लागि आएको अनुदान भएपनि त्यसलाई भ्रमित पार्ने काम गरिएको उल्लेख गर्दै भ्रममा नपर्न पनि सबैलाई आह्वान गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here