spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपाली कांग्रेसको हुन बाँकी १६ जिल्लाको अधिवेशन दुई दिन पछि सर्यो

नेपाली कांग्रेसको हुन बाँकी १६ जिल्लाको अधिवेशन दुई दिन पछि सर्यो

spot_img

नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १५ गते चुनाव हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार यसअघि फागुन १३ गते गर्ने भनिएको अधिवेशन दुई दिनपछि गर्ने निर्णय गरेको हो ।
निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन चलिरहेको, १३ गते महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले अधिवेशन दुई दिन पर सारिएको बताए । ‘मधेशका जिल्लाहरूबाट निधिको जन्मदिनमा नगरौं भन्ने कुरा आयो। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले पनि सार्दा हुन्छ भनेपछि दुई दिन सारेका हौं,’ रिजालले भने । 
उनका अनुसार अधिवेशन हुन बाँकी वडा र पालिकाको चुनाव फागुन १० गतेसम्म गरिसक्ने निर्णय पनि भएको छ । मधेश प्रदेशका ८ जिल्लासँगै सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेसको जिल्ला कार्यसमिति चयन गर्न बाँकी छ । 

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here