spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपालगन्ज १२ मा कांग्रेसले जोगायो विरासत, वडाअध्यक्षमा बज्राचार्ज निर्वाचित

नेपालगन्ज १२ मा कांग्रेसले जोगायो विरासत, वडाअध्यक्षमा बज्राचार्ज निर्वाचित

spot_img

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को वडाअध्यक्षमा तरुणकुमार बज्राचार्य निर्वाचित भएका छन् । भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा भएको मतगणनाको परिणामबाट उनी निर्वाचित भएका हुन् ।
मत गणनाको अन्तिम परिणाम केहीबेरमा औपचारिक रुपमा घोषणा गरिदैछ । यसअघि २०७४ सालको निर्वाचनमा पनि उक्त वडामा नेपाली कांग्रेसले जितेको थियो । त्यसबेला बज्राचार्य वडा सदस्यमा निर्वाचित भएका थिए । बज्राचार्यको जितसँगै कांग्रेसले आफ्नो विरासत जोगाएको छ ।
यसपटक उक्त वडाबाट नेपाली कांग्रेसबाट बज्राचार्यसहित नेकपा एमालेका तर्फबाट हेमराज गौतम, नेकपा माओवादी केन्द्रको तर्फबाट तिरथराम चिडिमार, जनता समाजवादी पार्टी९जसपा०बाट बुद्धिसागर सुवेदी, राप्रपाबाट ध्रुवराज वर्मा वडाअध्यक्षको उम्मेदवार थिए ।
निर्वतमान वडाअध्यक्ष समेत रहेका सुवेदीले यसपटक कांग्रेसबाट वडाअध्यक्षको टिकट पाएनन् । कांग्रेसबाट टिकट नपाएपछि जसपामा प्रवेश गरी जसपाबाट अध्यक्षको उम्मे्दवारी दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here