spot_img
Saturday, July 27, 2024
Homeबजारनेपालगंजको सुर्खेतरोडमा रहेको होटल सिग्नेटमा अनैतिक क्रियाकलाप

नेपालगंजको सुर्खेतरोडमा रहेको होटल सिग्नेटमा अनैतिक क्रियाकलाप

spot_img

बाँके जिल्ला नेपालगञ्जको सुर्खेतरोडमा रहेको होटल सिग्नेटको कोठा नं। ३०५ मा बसेकी बर्दिया बासगढीकी १९ वर्षिया युवतीलाई गत आईतबार बिहान २ बजे बलात्कृत घटनाले उक्त होटेल कस्का लागी र किन बनाएको हो भन्ने पर्दाफास बनाएको छ ।
पीडित युवतीको बयान पछी प्रहरीको आवश्यक थप अनुसन्धान गरेर सिगनेट होटलमा अनैतिक क्रियाकलापको अखडा रहेको प्रमाणित भएको पत्ता लागेको छ ।गत आइतबार सिगनेट होटलको कोठा नं। ३०१ मा बस्दै आएका सुर्खेतका ४३ वर्षिय निरज गुरुङ्गले बिभिन्न् केटीहरुका साथ राती बस्ने गरेको होटलकै ब्यवस्थापन पक्षको प्रहरी समक्षको बयानबाट होटेलमा यौन कार्यको रुपमा प्रयोग गर्ने गरिएको पर्दाफास भएको छ ।आफु बलात्कृत बयान दिएकी ति युवती कर९काप गरेपछी प्रहरी समक्ष आफै फोन गरी जानकारी गराएको प्रहरीले बताएको छ ।बाँके प्रहरीले सो घटनामा संलग्न रहेको अभियोगमा आरोपी गुरुङ्ग र उनका सहयोगीको रुपमा रहेका कोठा नं।३२१ का सुर्खेतका मनोज गिरी भारतीलाई नियन्त्रणमा लिएर अनुंसन्धान अघि बढाएको छ ।
बलात्कारको सहयोगीको रुपमा पक्राउ परेका मनोज सिता एयर नेपालगञ्ज स्टेशन म्यानेजर समेत हुन । बलात्कारको आरोपी गुरुङ्गलाई मनोजले नै नयाँ वर्ष मनाउनको लागि सुर्खेतबाट नेपालगञ्ज बोलाएको जानकारीमा आएको छ ।प्रहरीले घटनाको जानकारी पाउने वित्तिकै घटनास्थलबाटै पीडित किशोरी सहित २ युवती उद्दार गर्नुको साथै पीडक गुरुङ्ग र मनोजलाई नियन्त्रणमा लिएर मेडिकल जाँच गराई अदालतबाट म्याद थप गरी अनुसंन्धान अघि बढाएको जनाएको छ ।प्रहरीले अनुसंधानको लागि होटेलका सिफ्ट म्यानेजर कपिल रञ्जुलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । तर बलात्कार घटना भएको मुख्य होटेल मालीक दिपेन्द्र अग्रवाल लाई सोध९खोज नगरेर काम गर्ने कर्मचारीलाई मात्र नियन्त्रणमा लिएकोमा केही आशंका उब्जीएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्ति प्रमुख तथा प्रहरी नायव उपरीक्षक राजेन्द्र अर्यालले घटनाको बारेमा थप अनुसंन्धान भईरहेको बताउनु भएको छ । स्रोतहरुका अनुसार उक्त होटेलमा धेरै जसो भारतीय ग्राहक केटी खोज्दै आउने गरेको बताएका छन ।बलात्कारी उक्त घटना फौजदारी मुद्धा भएकोले फौजदारी घटनामा संलग्न मात्र नभई त्यस्तो घटना गराउन सहयोगी बातावरण दिनेलाई पनि कानुन बमोजीम कार्बाही गर्नपर्नेमा होटल मालीक दिपेन्द्र अग्रवाललाइ भने प्रहरीले पक्राउ गरेको छैन ।नेपालगञ्जमा कमला मेडीसिनको नामबाट औषधीको समेत थोक बिक्रेता रहेका उक्त होटलको निर्माण केही सरकारी ऐलानी जग्गा च्यापेर निर्माण भएपछी नेपालगञ्ज उप९महानगरपालीकाबाट नक्सा पास गर्न रोकीएको थियो । गैरकानुनी रुपमा नै जबरजस्ती निर्माण गरेको भन्दै केही समय विवाद उत्पन्न भएको स्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरीको चाङ
जिल्ला प्रहरी कार्यालय बाँकेमा आर्थिक वर्ष २०७२/०७३ मा ३२८, २०७३/०७४ मा ३९७ र पछिल्लो आर्थिक वर्षको ५ महिनामै १२६ वटा महिला सम्बन्धी उजुरी दर्ता भएको छ । त्यस्तै, महिला तथा बालबालिका हराएको विषयमा उजुरीको संख्या आर्थिक वर्ष ०७२/०७३ मा ३०५, २०७३/०७४ मा ३५३ र पछिल्लो आर्थिक वर्षको ५ महिनामा १०८ छ ।
असुरक्षित महिला‘‘
जिल्ला प्रहरी कार्यालय बाँकेको तीन वर्षिय अभिलेखलाई मुल्याङ्कन गर्दा बाँकेमा जबरजस्तीकरणी ९बलात्कार० बढ्दो अवस्थामा रहेको पाइएको छ । जिल्ला प्रहरीको अभिलेख अनुसार, आर्थिक वर्ष २०७२र०७३ मा जबरजस्ती करणीका २३, जबरजस्ती करणी उद्योगको २३, मानव बेचविखनको १२, बहुविवाहको ७ वटा मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष २०७३र०७४ मा जबरजस्ती करणीका ३९, जबरजस्तीकरणी उद्योगको २७, मानव बेचविखनको १८, बहुविवाहको २३ वटा मुद्दा दर्ता भएको हो ।चालु आर्थिक वर्षको ५ महिनामा जबरजस्ती करणीका ११, जबरजस्तीकरणी उद्योगको ४, मानव बेचविखनको ६, बहुविवाहको २ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
स्रोतःहाम्रो संरचना

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here