spot_img
Friday, June 13, 2025
Homeब्यानरनरैैनापुरमा पैसाको प्रलोभनमा पारी जवरजस्ती करणी गर्ने प्रयास गरेको आरोप

नरैैनापुरमा पैसाको प्रलोभनमा पारी जवरजस्ती करणी गर्ने प्रयास गरेको आरोप

spot_img

बाँकेको नरैैनापुरका एक जना महिलाले न्याय माग्न जाँदा अन्याय पाएको बताइन । नरैनापुर गाउँपालिका १ महतिनियाका ४२ बर्षिय जोलाहले पैसा आवश्यक रहेको भन्दै आफ्नै गाउँका रियाज खाँसंग सहयोग माग्दा मौकाको फाइदा उठाउन खोजेको आरोप लगाएकी छिन ।
बिट्टीको छोरा विदेश जाने तयारीमा रहेको हुनाले पैसाको खाँचो आवश्यकता परेको थियो । पैसा खोज्न पुगेकोमा आफुलाई वडा सदस्यबाटै अन्याय भएको भन्दै न्यायको खोजीमा हिडिरहेको बताइन। नरैनापुर १ महतिनियाका ४२ बर्षिय जोलाह आफ्नै वडाको वडा सदस्यबाट सहयोगको अपेक्षा राख्दा आफुमाथि अनैतिक सम्बन्ध राख्ने प्रयास गरेको उनको आरोप छ ।
पैसाको जोहो गर्न नरैनापुर गाउँपालिका वडा नं.१ का वडा सदस्य रियाज खाँ संग गुहार माग्दा आफुमाथि दुव्यवहार भएको पिडित महिला जोलाहले बताइन । २५ हजार भारतिय रुपैया घरजग्गा डिष्ट्रिक राखेर खोजिरहेका जोलाहले वडा सदस्य रियाजको साहाराले पाउने सम्भावना देखेपछि उनले भने बमोजिम गर्दै आएको बताइन ।
यही बैशाख ८ गते पैसाको लागि कटकुईया जानुपर्छ रियाजले भनेसोही बमोजिम आफु सहमति जनाएको र आफुसँगै गएको । बाटोमा रियाजको नियत बदलियो । रियाजले संवेदनशिल अंगहरुमा हात सुमसमाउन शुरु गरेको महिलाले आत्मरक्षा गर्दै सो स्थानबाट भाग्न सफल भएको नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराइन। रियाजले एकान्त बाटोमा एक्लो मौका छोपी मेरो संबेदनशिल अंगहरु समाती जवरजस्ती करणीको प्रयास गरेको पिडित भनिने महिलाले पत्रकार सम्मेलनमा खुलेर बताइन । इलाका प्रहरी कार्यालय भगवानपुर बाँकेमा जवरजस्ती करणी उद्योग सम्वन्धि कसूर पेश गर्दा प्रहरीले भने मुद्दा दर्ता नगरेको पिडितले जानकारी गराइन ।
यस्तै नरैनापुर गाउँपालिका १ महतिनियाका ५० बर्षिय रिजाय खाँ ले भने जोलाहले आफुलाई लगाएको आरोप झुटो रहेको जानकारी गराए। आफुसँग पैसा खोज्न भनेको सत्य हो तर आफुले जवरजस्ती करणीको प्रयास गरेको आरोप झुटो रहेको उनले बताए । यदि घटना साँचो भएको भए घटना घटेको दिन नै उजुरी दिनुपर्ने हो तर यतिका दिनपछि उजुरी दिन जानु र मलाई आरोप लगाउनु सरासर गलत हो रियाजले भने । आफुले कसैलाई पनि नधम्काएको र फसाउने खेल भएको उनको भनाई छ ।
यता भगवानपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाएको जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक दीपक पातलीले भने घटना अनुसन्धानको क्रममा रहेको जानकारी गराए । सत्यतथ्य बुझेर प्रक्रिया अगाडी बढाउने प्रवक्ता पातलीले भने। अहिले घटनाको बारेमा सत्यतथ्य अनुसन्धान भैरहेको जानकारी गराए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here