spot_img
Tuesday, October 22, 2024
Homeब्यानरनगद र मोबाइल लुटपाट गरेको अभियोगमा पक्राउ

नगद र मोबाइल लुटपाट गरेको अभियोगमा पक्राउ

spot_img

काठमाडौं – आफूलाई प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गरेको अभियोगमा काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-३ सुन्ताखान घर भएका २७ वर्षीय सुजन मिश्रलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ कुशल ब्याङ्केट अगाडि दुईजना ब्यक्तिहरु चिया पसलमा चिया खाई रहेको अवस्थामा आफूलाई प्रहरी बताउने २ जना ब्यक्तिहरुले धाक धम्की दिई निजहरुलाई लागूऔषध कारोबारी भएको भनी बौद्धस्थित एक होटलको कोठामा लगि नगद ६० हजार रुपैयाँ र २ थान मोबाइल लुटि लगेका भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न सुजनलाई पक्राउ गरेको हो । प्रहरीले सुजनको साथबाट नगद १० हजार रुपैयाँ, २ थान मोबाइल र सुजन मिश्रको नामको राष्ट्रिय अनुसन्धान बिभागको सहायक सूचक पदको परिचय/पत्र १ थान समेत बरामद गरेको छ ।उनी उपर चोरी तथा डाँका सम्वन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here