spot_img
Wednesday, October 30, 2024
Homeब्यानरदिगो विकासका लक्ष्य प्राप्तीका लागि वडा स्तरमा पनि स्थानियकरण आवश्यक

दिगो विकासका लक्ष्य प्राप्तीका लागि वडा स्तरमा पनि स्थानियकरण आवश्यक

spot_img

दिगो विकास लक्ष्यहरु प्राप्त गर्न उपमहानगरपालिकाका प्रशासकीय प्रमुखले अपनत्व लिनु पर्ने तथा वडा स्तरमा एकमुष्ट वजेट जाने हुदाँ वडा स्तरमा पनि दिगो विकासका लक्ष्यहरुको स्थानीकरण गर्नु पर्ने आवश्यक हुने एक कार्यक्रममा बताईएको छ ।
मंगलबार नेपालगंज उपमहानगरपालिकामा आयोजना गरीएको दिगो विकास लक्ष्यहरुको स्थानीयकरणमा भएका प्रयासहरुको बारेमा भएको अन्तरक्रिया कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले उक्त विषय उठान गरेकी हुन ।
यसैगरी अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रशिक्षण प्रतिष्ठान केन्द्रका निर्देशक गुरु प्रसाद शर्माले तालिम लगायको अभावले गर्दा स्थानिय तहमा केही समस्या आउने गरेको बताए । उनले प्रतिष्ठान केन्द्रले विभिन्न प्रकारका तािलमहरुको आयोजना गर्ने हुदाँ कर्मचारीहरुले सेवाग्राहीलाई दिने सेवामा निखार ल्याउनका लागि पनि तालिम लिनु पर्ने बताए ।
यसैगरी अन्तरक्रिया कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका प्रशासकीय प्रमुख जगत बहादुर विष्ट बस्नेतले अन्तरक्रिया कार्यक्रममा भएको विभिन्न प्रस्तुतीकरणका बारेमा प्रतिक्रिया दिदै दिगो विकासका लक्ष्यहरुलाई प्रभावकारी बनाएर लैजान तथ्याङक र जनचेतनामा अझै बढि ध्यान दिनु पर्ने बताए । प्रमुख विष्टले दिगो विकासका लक्ष्यहरु एकअर्का संग सम्बन्धीत भएको हुदाँ सबैले मिलेर कार्यक्रमहरु गरेमा कार्यक्रम उपलब्धिमुलक हुने बताए ।
अन्तरक्रियाको सहजीकरण प्रशासन साखा प्रमुख राजन केसीले गरेको कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका महिला विकास अधिकृत मञ्जु पाण्डे, सहकारी तथा पंजीकरण साखा प्रमुख प्रविन राना,पुर्वाधार विकास निर्माण अधिकृत सविता तिवारी,वातावरण तथा सरसफाई शाखा प्रमुख प्रकाश डिसी,आइटि प्रमुख घनश्याम बर्माले उपमहानगरपालिकामा भएका विभिन्न सुचकका बारेमा प्रस्तुतिहरु राखेका थिए । वरिष्ट कन्सल्टेन्ट अरुण रेग्मीले अन्तरक्रियामा प्रशिक्षण गरेको थिए भने सुशासनका लागि क्षमता विकास परियोजनाका निराजन सुवेदीले कार्यक्रमको बारेमा प्रकाश पारेको थिए । यसैगरी नेपालगंज उपमहानगरपालिका महिला विकास प्रमुख शोभा शाहले स्वागत गरेको अन्तरक्रिया कार्यक्रममा न्यायिक समितिका पदाधिकारी, स्थानिय जनप्रतिनिधि,कर्मचारी , तथा पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.