spot_img
Saturday, July 27, 2024
HomeUncategorizedतराईमा मनाईयो होली धुमधामका साथ (फोटो फिचर सहित)

तराईमा मनाईयो होली धुमधामका साथ (फोटो फिचर सहित)

spot_img

होली पर्वलाई तराईमा शुक्रबार धुमधामका साथ मनाइएको छ । बाँकेसहित तराईका जिल्लामा होलीलाई विशेष रुपमा मनाइएको हो ।नेपालगन्जमा पनि होलीको अवसरमा विभिन्न कार्यक्रम गरिएका छन् । होलीको अवसरमा विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरियो । यसैक्रममा बाँकेका पत्रकारका संगठनले पनि होली मिलन कार्यक्रम गरे ।
नेपालगन्जको बसपार्कस्थित महासंघको कार्यालय परिसरमा आयोजित होली मिलन कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीले शुभकामना आदान प्रदान गरे ।
महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारीका केन्द्रीय सदस्य विश्वराज पछल्डंग्या, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय सदस्य हेमन्त बिक, नेपाल बारका प्रह्लादबहादुर कार्की, लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

नेपाल पत्रकार महांसघ बाँकेद्धारा आयोजित होली मिलन कार्यक्रमको एक दृश्य


यस्तै नेपालगन्जस्थित गणेशपुर रोडमा रहेको प्रेस युनियनको कार्यालय प्राङ्गनमा आयोजित होली मिलन कार्यक्रममा उपस्थित पत्रकार तथा सञ्चारकर्मीले शुभकामना आदान प्रदान गरे ।

प्रेस युनियन बाँकेशाखाद्धारा आयोजित होली मिलन कार्यक्रमको एक झलक

यसैगरी बाँकेको नेपालगंजमा सदाझै होलीलाई निकै उत्साह तथा रौनकताका साथ सम्पन्न गरीएको नेपालगंज वडा नं.३ मा रहेको सम्भ्रान्त विक्रम शाहले होलीलाई विशेष बनाइएका बताए । उनले भने,“यस अघि कोभिडले गर्दा खासै खुशीयाली थिएन तर यस पटक होली धुमधामका साथ सम्पन्न गरीएको छ ।”

बाँके नेपालगंज शहरमा आयोजित होलीमिलन कार्यक्रममा स्थानिय युवा युवतीको उल्लेख्य सहभागिताको दृश्य


यसैगरी बाँके नेपालगंज ,कोहलपुर,खजुरा लगायतका क्षेत्रहरुमा होली खेल्नेहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।सबैतिर डिजीको संगितामा नाच्दै होली खेल्दै गरेको दृश्य देखिन्थ्यो ।


यसरी विगत केही वर्ष सम्म कोभिड लगायतका विभिन्न कारणले गर्दा होलीलाई विशेष रुपमा मनाउन नपाई रहेको नेपालीहरुले यस पटक होलीलाई निकै उल्लासका साथ मनाएका छन ।

स्थानिय महिला दिदिबैनीहरुद्धारा आयोजित होली मिलन कार्यक्रमको एक दृश्य
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here