बाँके नेपालगंजको शहरमा पैदल हिड्ने सडक पेटी अतिक्रमण हुदाँ निकै सास्ती भोग्नु परेको अवस्थालाई मध्ये नजर गर्दै आज आइतबार नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको नेतृत्वमा फुटपाथ खाली गराउन आफै सडकमा निस्किए । प्रायः काठमाडौका मेयर बालेन शाह र नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टलाइ एकै कित्तामा देख्न रुचाउने जनताले आइतबार फरक दृश्य देख्न पाए । काठमाडौको अतिक्रमण हटाउन डोजर लिएर हिडेका मेयर शाहको क्रियाकलाप भन्दा यतीबेला नेपालगंज उपमहानगरपालिका मेयर विष्टको शैलीलाई निकै प्रशंसा गरेको पाइन्छ । घर तथा टहरा भत्काउनका लागि डोजर लिएर हिड्नु भन्दा दुवै हात जोड्दै सडक अतिक्रमण हटाउन आग्रह गर्दै सडकमै आए मेयर विष्ट । फुटपाथ खालीका लागि आइतबार साँझ नेपालगंज उपमहानगरपालिका भित्र रहेको त्रिभुवन चोक र त्रिवेणी मोड क्षेत्रमा पुगेका मेयर विष्टले दुवै हात जोडी सबैलाई अतिक्रमण खाली गर्न लगाएका थिए । अटेर गरे कडारुपमा जाने भनिएता पनि मेयर विष्टले आफुले आफ्ना मतदाताहरुलाई राम्रोसँग बुझेको भन्दै सहज रुपमा यसलाई लिनु पर्ने मेयर विष्टले हामीलाई बताए ।स्थानिय नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, महासचिव चिरञ्जीवी वली,ट्राफिक प्रहरी बाँके प्रमुख हिमालय शाह,वडा प्रहरी प्रमुख रिपेन्द्र कुमार सिंह,नगर प्रहरी प्रमुख सुर्य बहादुर बोगटी लगायतको उपस्थितिमा निस्केका मेयर विष्टले फुटपाथ अतिक्रमणलाई निरुत्साहित गर्ने लक्ष्यका साथ अभियानको थालनी गरीएको बताए ।शनिबार देखि सुरु भएको आभियानमा क्रममा ठेलामा सामान बिक्री गरेको,सडक र सडकपेटीमा जथाभावी पार्किङ गर्ने गरेको कामलाई निरुत्साहित गर्न अवका दिनमा नियमित रुपमा अभियान संचालन गरीने नगर प्रमुख विष्टले बताए । नेपालगञ्ज उपमहानगरपालिका अगाडिको क्षेत्र, विपी चोक, इदगाहरोड, त्रिभुवनचोक, त्रिभुवनचोक उत्तर तर्फको सदरलाइन, त्रिभुवन चोकको पूर्व लाइन हुँदै तरकारी मण्डी सम्मको सडकपेटी खाली गराइएको थियो । त्यस क्रममा बाटोमा जथाभावी पार्किंग गरिएका केही मोटरसाइकल र रिक्सा समेत नियन्त्रणमा लिइएको थियो ।
सडकपेटी अतिक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउने रणनीतिका साथ उपमहानगरपालिका अगाडि बढेको मेयर विष्टको भनाई छ । भोलीदेखि बाँके ट्राफिकले त्रिभुवन चोकदेखि त्रिबेणी मोडसम्मलाई एकतर्फी सडक बनाउँदै अटेरी गर्नेलाई कडा कारबाही गर्ने ट्राफिक प्रमुख शाहले बताए ।
