spot_img
Monday, December 11, 2023
Homeब्यानरडुडुवामा मनाईयो विश्व शान्ति दिवस

डुडुवामा मनाईयो विश्व शान्ति दिवस

spot_img

बाँके जिल्लाको डुडुवा गाउँपालिकामा विश्व शान्ति दिवस सम्पन्न गरीएको छ । २९ सेप्टेम्बर अर्थात विश्व शान्ति दिवस विभिन्न संघसंस्थाहरुको सयुक्त आयोजनामा मनाईएको हो । दिवश नेपाल युनाईट्स, नेपाल युवा परिषद, सभ्य समाज नेपाल र युनाईटेड रिलिजनस इनसियटिभको संयुक्त आयोजनामा गाउँपालिका वडा नं.४ मा अवस्थित राप्ती पुलमा दीप प्रज्जवलन र पन्चमुखी शिव मन्दिर परिसरमा सरसफाई गरि मनाईएको छ । सभ्य सामाज नेपाल ,बाँकेका अध्यक्ष सुर्यलाल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष भण्डारीलाल यादव, ईलाका प्रहरी कार्यालय कम्दीका ईन्चार्ज गोपाल प्रसाद शर्मा,जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य हिक्मत विक,नेपालगंज नगर अध्यक्ष श्रवण कुमार यादव,जिल्ला सचिव राजेन्द्र विश्वकर्मा,बाल अधिकार कर्मी ऋतिक शाही लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल युवा परिषद लुम्बिनी प्रदेश संयोजक सोम गुरुङगले गर्नु भएको थियो । दिगो विकासको लक्ष्य १६ मा दिगो शान्तिको प्रवद्यन र सम्पुर्ण लाई न्यायमा पुहँच पु¥याउने लक्ष्य रहेको र सो लक्ष्यलाई पुरा गर्न विश्व शान्ति दिवश संसार भर २९ सेप्टेम्बरमा मानाउने गरिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here