spot_img
Saturday, July 27, 2024
Homeब्यानरडुडुवा मछिछ्याका कृषकलाई बादर र छाडा पशुको सास्ती

डुडुवा मछिछ्याका कृषकलाई बादर र छाडा पशुको सास्ती

spot_img


बाँके जिल्ला डुडुवा गाउँपालिका वडा नं.५ मछिछयाका कृषकहरुलाई बादर र छाडा पशुले सास्ती दिदै आएको पाईएको छ । स्थानिय समाजएकता सामुदायिक वनका बादरहरु खुला रुपमा कृषकहरुले लगाएका बालीहरु नोक्सानी गर्ने तथा छाडा रुपमा छोडिएका पशुहरुले खेतको बाली खाई दिने गर्दा यस्तो सास्ती भोग्नु परेको हो ।समुदाय नजिकै वन हुदाँ फाइदा मात्रै नभएर बेफाइदा समेत हुने गरेको स्थानियहरु बताउँछन । स्थानिय रामकिशोर थारुले आफुले लगाएको आधिकांश वर्षको बालीहरु छाडा रुपमा छाडिने भैसी र बादरले नोक्सान गर्ने गरेको बताउँछन । उनले सामुदायिक वन हुनु राम्रो हो तर किसानहरुले लगाएको बाली नोक्सान गर्नु राम्रो नभएको बताए । थारुले सरकारले आफुहरुको बाली नोक्सानबाट सुरक्षाका लागि तारजाली लगाइदिनु पर्ने बताए । त्यस्तै अर्का बाहादुर थारुले आफुहरुले हरेक वर्ष बादर र छाडा रुपमा छाडिएका पशुहरुले सबै बाली स्याहार गर्न नपाएको दुखेसो पोखे । थारुले भने,“यती वर्ष भयो खेती पाती गर्न थालेको सबै बाली राम्रो संग अझै भित्राउन पाएको छैन ।”यसैगरी स्थानिय प्रेम शाहीले किसानहरुको समस्याको समस्याको स्थानिय सरकार देखि संघिय सरकार समेतको ध्यानाकर्षण हुनु पर्ने बताई ।मछिछ्यामा करिव ३५ बढि घरधुरी रहेको स्थानियले जानकारी गराएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here