spot_img
Saturday, July 27, 2024
Homeबजारडुडुवा गाउँपालिकाद्धारा प्रगति विवरण सार्वजनिक

डुडुवा गाउँपालिकाद्धारा प्रगति विवरण सार्वजनिक

spot_img

बाँके जिल्लाको डुडुवा गाउँपालिकाले स्थानिय तहमा गर्दै आएको र गर्ने योजनाहरु एवं प्रगति विवरण सर्वाजनिक गरेको छ । शुक्रबार एक पत्रकार सम्मेलन मार्फत डुडुवा गाउँपालिका प्रमुख नरेन्द्र कुमार चौधरीले योजनाहरु तथा प्रगति विवरण सार्वजनिक गरेको हुन । प्रमुख चौधरीले पत्रकार सम्मेलन मार्फत डुडुवा गाउँपालिकाले स्वास्थ्य ,शिक्षा लगायतका विभिन्न विषयहरुमा जनताका लागि काम गर्दै आएको बताए । स्थानिय स्तरमा गर्नु पर्ने कामहरु धेरै भएको तर अधिकार अझै कम भएको बताउँदै अध्यक्ष चौधरीले आफ्नो पालिकामा कर्मचारी अपुग भएको भएता पनि भएका कर्मचारीहरुको सहयोग लिदै जनताको सेवा लाग्ने गरेको बताए । चालु आर्थिक वर्ष २०८० ८१ पुस मसान्तसम्मको प्रगति विवरणका बारेमा बताउँदै अध्यक्ष चौधरील घर घर स्वास्थ्य कार्यक्रम,स्वास्थ्य प्रयोगशालाको प्रयोग,जेष्ठ नागरीकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम मार्फत जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण,पशु सेवा स्वास्थ्य कार्यक्रम,सबै वडाहरु प्राविधिक मैत्री बनाउने काम,पर्यटन प्रवद्धन,शिक्षामा नैतिक शिक्षाको पढाई लगायतका विषयमा कार्यक्रमहरु बनाउँदै लागु गरीदै आएको बताए ।सम्मेलनलाई सम्बोधन गर्दै पालिका अध्यक्ष चौधरीले गाउँपालिकाबाट संचालित घर घर स्वास्थ्य कार्यक्रमबाट वडा नं.१ देखि ६ सम्मका सम्पुर्ण नागरीकहरुलाई घर–घरमा सामान्य स्वास्थ्य परिक्षण र स्वास्थ्य कार्ड स्थलगत रुपमा करिब ४२०४६ जनालाई स्वास्थ्य सेवा कार्ड प्रदान गरिएको छ ,यसैगरी गाउँपालिका बाट संचालित स्वास्थ्य प्रयोगशाला कार्यक्रम बाट बेतहनीको स्वास्थ्य प्रयोगशाला बाट १६२१ जना, हिरमिनियाको स्वास्थ्य प्रयोगशाला बाट २३७८ जना, कम्दी स्वास्थ्य प्रयोगशाला बाट ७२६ जना गरि करिब ४७२५ जनालाई स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गरिएको छ । यसैगरी अध्यक्ष चौधरीले पत्रकारलाई सम्बोधन गर्दै गाउँपालिका बाट संचालित जेष्ठ नागरिक संग गाउँपालिका अध्यक्ष कार्यक्रम बाट सबै वडाका जेष्ठ नागरिकहरुको सामान्य स्वास्थ्य परिक्षण, सामान्य प्रयोगशाला (मलेरिया, मघुमेह,) सेवा घर–घरमा स्वास्थ्य कर्मी बाट करिब ५३४ जनालाई सेवा प्रदान गरिएको तथा गाउँपालिका बाट संचालित बर्थिंङ्ग सेन्टर बेतहनी स्वास्थ्य चौकीमा २०० जना, बनकट्टी स्वास्थ्य चौकीमा ७५ जना, हिरमिनिया स्वास्थ्य चौकीमा ११९ जना र कम्दी स्वास्थ्य चौकीमा ७० जना गरी ४६४ जनालाई सेवा प्रदान गरिएको बताए । यसैगरी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकीहरुबाट बहिङ्ग (ओ.पि.डी) सेवा २५५१२ जनालाई सेवा प्रदान गरिएको र गाउँपालिकाको सबै वडा कार्यालय, स्वास्थ्य चौकी र मा.वि. स्कूलहरुमा इन्टरनेट सहित इन्टरकम र सी.सी.टी. भी. क्यामरा जडान भई डिजिटल प्रणाली मार्फत कार्य सम्पदानको निगरानी भई रहेको बताए । यसैगरी गाउँपालिकाको कृषि विकास शाखाबाट कृषि सहकारी÷कृषक समूह र कृषकहरुलाई किटनाषक तथा ढुसीनाषक बिषादी ५४७ जनालाई निःशुल्क वितरण गरिएको छ भने गाउँपालिकाको कृषि विकास शाखामा ११ वटा व्यवसायिक कृषकहरुको कृषक समूह दर्ता गरिएको समेत अध्यक्ष चौधरीले बताए । गाउँपालिकाबाट संचालित बहुबार्षिय आयोजना अन्तर्गत डुडुवा –६ मा निर्माणधिन शित भण्डारण गृह (कोल्ड स्टोर) को भौतिक प्रगति ५५ प्रतिशत भएकोले यसै बर्ष कार्य सम्पन्नमा जोड दिई संचालन ल्याईने तथा गाउँपालिकाबाट संचालित घर–घर पशु स्वास्थ्य कार्यक्रमबाट पशुपालक कृषकहरुको घरमा स्थलगत २४३५० पशुपन्छीलाई निःशुल्क उपचार गरिएको समेत अध्यक्ष चौधरीले जानकारी दिएका थिए । यसैगरी गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट गाई÷भैसीमा उन्नत जातको कृत्रिम गर्भाधान ७२१ पशुमा गरिएकोमा करिब ४३३ पशुहरुमा सफल भएको र गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट पशुपालन गरेका कृषकहरुको (गोरु÷बोका) करिब ७५३ पशुहरुलाई बन्ध्याकरण गरिएको लगायतका विषयमा अध्यक्षले बताए । यसै गरी गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट संचालित पशु प्रयोगशालाबाट ९९१ जना कृषकहरुको गोबर परिक्षण गरी सेवा प्रदान गरिएको ,गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट पशुपालन गरेका कृषकहरुको करिब ८८ पशुपन्छीमा रेबिज बिरुद्ध खोप सेवा प्रदान गरिएको ,नेपालमा पशु रोग महामारीको रुपमा फैलिएको लम्फी स्कीन डिजिजबाट ग्रासित करिब १४२३ पशुहरुको निःशुल्क उपचार गरी रोग निको भएको ,नेपालमा पशु रोग महामारीको रुपमा फैलिएको लम्फी स्कीन डिजिजबाट ग्रासित करिब १८०० पशुहरुमा रोग बिरुद्धको खोप सेवा प्रदान गरिएको ,गाउँपालिबाको पशु सेवा स्वास्थ्य शाखाबाट संचालित आन्तरिक तथा बाह्यय परजिबि नियन्त्रण कार्यक्रम अन्तर्गत घर–घरमा गई स्थलगत पशुपालन गरेका करिब ५८७८ घरधुरीमा सेवा प्रदान गरिएको ,गाउँपालिकाबाट संचालित ७५ वटा बाल विकास केन्द्रमा स्थलगत अनुगमन÷निरिक्षण गर्दा २६ वटा राम्रो, २७ वटा मध्यम र २२ सुधार गर्ने आवस्था रहेको ,गाउँपालिका कार्यक्षेत्र भित्र रहेका मा.वि.,आधारभूत विद्यालयहरुमा स्थलगत अनुगमन÷निरिक्षण गर्दा शिक्षकहरुको उपस्थिति ९५ प्रतिशत रहेको देखिन्छ भने बिद्यार्थीहरुको उपस्थिति ७० प्रतिशत रहेको छ जसलाई सुधार गरी नियमन गरिने ,गाउँपालिका कार्यक्षेत्र भित्र रहेका धार्मिक मदरशा÷गुरुकुल विद्यालयहरुमा स्थलगत अनुगमन÷निरिक्षण गर्दा शिक्षकहरुको उपस्थिति ९० प्रतिशत रहेको देखिन्छ भने बिद्यार्थीहरुको उपस्थिति ५० प्रतिशत रहेको छ जसलाई सुधार गरी नियमन गरिने ,गाउँपालिका कार्यक्षेत्र भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा बिद्यार्थीहरुलाई नैतिक शिक्षा (ढोग,सलाम,नमस्ते) संस्कार लागु गरिएकोमा प्राम्भिक प्रगति करिब ४० प्रतिशत भएको,गाउँपालिकाबाट संचालित डुडुवा–२ को अमृतपूर्वा देखि रामनगरपाझा सम्म पि.सि.सि. बाटोको भौतिक प्रगति ७० प्रतिशत भएको छ भने यसै बर्ष कार्य सम्पन्न गरिने ,गाउँपालिकाबाट डुडुवा–२ को पशुपति मा.वि.मा ९ कोठे भवन निर्माणको भौतिक प्रगति ४० प्रतिशत भएको छ भने यसै बर्ष कार्य सम्पन्न गरिने,.गाउँपालिकाको साँस्कृति पर्यटनका लागि डुडुवा–२ को रामनगरपाझामा शिवको प्रतिमा स्थापना गर्न सम्भावयता अध्ययन गरी निर्माण कार्य अघि बढाउने छ ,पशु स्वास्थ्य सेवा लिन वितरण गरिएको कार्ड हराएमा रु १००।– दस्तुर बुझाई नयाँ कार्ड लिन सक्ने ब्यवस्था गरिएको ,जग्गा व्यवस्थापन कार्यक्रम अन्तर्गत जग्गा नाप नक्सा गर्नका लागि प्रति कित्ता रु २००।– दस्तुर बुझाई सेवा लिन सक्ने व्यवस्था गरिए अनुरुप २०८० साउन देखि हाल सम्म ६५ जनाको ९० कित्ता जग्गा नापजाँच गरिएको बताए । पालिका प्रेस सल्लाकार पत्रकार राकेश कुमार मिश्रले सहजीकरण गरेको पत्रकार सम्मेलनमा पालिका उपाध्यक्ष सहिदा बानो,वडा नं .३ का वडा अध्यक्ष आमोद तिवारी,वडा न.२ का वडा अध्यक्ष दुर्गा प्रसाद वर्मा,वडा नं ४ का वडाअध्यक्ष सगिर खा लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here