नेपाल जडीबुटी व्यवसायी संघको अध्यक्षमा टंकप्रसाद शर्मा निर्विरोध निर्वाचित भएका छन् । जडिबुटी व्यवसायमा सक्रिय शर्मा संघमा लामो समयदेखि काम गर्दै आएका थिए ।
संघको उपाध्यक्षमा मेराज अन्सारी, महासचिवमा भानुभक्त रिजाल र कोषाध्यक्षमा रसिद अहमद अन्सारी निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा आजम हल्वाई, शादाव हलवाई, शान्ता ज्ञवाली, हफिजुर रहमान अन्सारी, अफ्ताज अहमद अन्सारी, रेशम बहादुर खड्का, जमुना गिरी पनि सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
संघको विधान अनुसार १ महिला र १ पुरुष पछि कार्यसमितिको बैठकले मनोनित गर्ने व्यवस्था छ । नवनिर्वाचित अध्यक्ष शर्माले जडीबुटी व्यवसायीले झेल्नुपरेका समस्या र चुनौतीको समाधानका लागि रणनीति बनाउने प्रतिबद्धता गरेका छन् ।