spot_img
Saturday, July 27, 2024
Homeब्यानरजेल प्रशासनले फोटो नराख्दा सुन्दर हरिजनले अर्कैको सजाय काट्नु पर्‍यो

जेल प्रशासनले फोटो नराख्दा सुन्दर हरिजनले अर्कैको सजाय काट्नु पर्‍यो

spot_img

रोल्पा कारागारमा झुन्डिएको अवस्थामा फेला परेका सुन्दर हरिजन कारागार प्रशासनको व्यवस्थापकीय कमजोरीका कारण अर्कैको सजाय काटिरहेको छानविन समितिको अध्ययनले देखाएको छ। तर उनको मृत्यु र अर्कैको सजाय भुक्तान गरिरहेको घटनामा कर्मचारीको भने संलग्नता नभेटिएको समितिको प्रतिवेदनमा उल्लेख छ। सुन्दर हरिजनको मृत्युपछि छानबिन गर्न जेल विभागका निर्देशक झरेन्द्र चापागाईंको नेतृत्वमा बनेको पाँच सदस्यीय समितिले उक्त प्रतिवेदन दिएको हो। उक्त समितिले गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ।
जेठ ४ गते बेलुका ६स्४० बज्दा जिल्ला कारागार रोल्पाको शौचालयमा पासो लगाएको अवस्थामा विजयविक्रम शाह भन्ने कैदी फेला परेका थिए। जेल प्रशासनले परिवारलाई खबर गरेपछि बल्ल उनी नेपालगन्ज उपमहानगरपालिका९२ का सुन्दर हरिजन भएको खुलेको थियो। सुर्खेतको बराहताल गाउँपालिका९१ का २७ वर्षीय विजयविक्रम शाहको सट्टा उनी जेलमा बसेको पाइएको थियो।
सुन्दर हरिजनको मृत्यु र अर्कैको सजाय काट्न जेल बसेको घटनामा अहिलेसम्म उनीहरूको आपसी मिलेमतो मात्र देखिएको छानबिन समितिका संयोजक चापागाईंले बताए।
‘हामीले कारागारको स्थलगत अध्ययन गर्दा उनको आत्महत्या र अर्कैको सट्टा जेल बसेको घटनामा अरूको संलग्नता देखिएन। परिवारले त जेलका कर्मचारी सुरक्षाकर्मीकै संलग्नता रहेको भन्दै उजुरी गर्नुभएको छ। हामीले भने त्यस्तो कुनै तथ्य फेला पारेनौं,’ संयोजक चापागाईंले सेतोपाटीसँग भने, ’बरू कैदीबन्दीको अभिलेख राख्दा उनीहरूको पहिचान खुल्ने फोटो पनि राख्ने व्यवस्था छैन। त्यसकारण उनीहरूले आफ्नो पहिचान फेरेर कैद सट्टापट्टा गर्न सफल भए।’
हरिजनको नाममा शाह जेलबाट निस्केको कुरा उनको मृत्युपछि मात्र जेल प्रशासनले थाहा पाएको चापागाईंले बताए।
‘नेपालगन्जसम्म उनीहरू आफ्नै पहिचानमा बसेका थिए। त्यहाँ उनीहरूको एकआपसमा एकदम नजिक भएको अरू कैदीबन्दीले हामीलाई बताएका छन्। विजयविक्रम र सुन्दर प्रायस् सँगै बस्ने अनि खाजाको पैसा पनि विजयले नै तिरिदिने गर्थे। सुन्दरले नै रोल्पा स्थानान्तरण गरिपाउँ भनेर निवेदन दिएका छन्। जेल प्रशासनले त्यही निवेदनका आधारमा सरूवा गरिदिएको छ। अरूलाई पनि त्यसै गर्ने हो,’ उनले भने, ‘दुबै जनालाई नेपालगन्जबाट रोल्पा एकैपटक स्थानान्तरण गरिएको देखिन्छ। जब रोल्पा पुगे उनीहरूले एक अर्काको नाममा हस्ताक्षर गरेका छन्। ४५ दिन रोल्पा बसेपछि शाह सुन्दर हरिजन बनेर निस्किएको देखिन्छ।’
अरू कुरा भने विजय विक्रम पक्राउ नगरून्जेल पत्ता लगाउन गाह्रो हुने उनले बताए।
भएको के थियो रु
सुर्खेतका विजयविक्रम शाहलाई हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालतले पाँच वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो।
त्यस्तै सुन्दर हरिजनलाई दुइटा मुद्दा थिए। एउटा ‘चोरी’ र अर्को ‘नकाबजनी चोरीु ९मोबाइललगायत सामग्री चोरी० मुद्दामा दोषी ठहर गरेर उनलाई सजाय तोकिएको थियो।
जिल्ला कारागार बाँकेका जेलर रामकुमार सोनकरका अनुसार बाँके जिल्ला अदालतले सुन्दरलाई पहिलो मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना तोकेको थियो। त्यस्तै अर्को मुद्दामा ३ महिना कैद र ५० हजार जरिवानाको तोकेको थियो। त्यही फैसलाकै आधारमा सुन्दर २०७६ भदौ १६ गते पक्राउ पछि कारागार चलान भएका थिए।
कैद भुक्तान गरेपनि सुन्दरले जरिवाना तिरेका थिएनन्। २०७७ असोज २३ गते जेलमुक्त हुनुपर्दथ्यो। सुन्दर जेलमुक्त नहुँदै अर्को मुद्दा जोडियो। २०७५ माघ महिनाको आदेशले २०७७ असोज २३ गतेदेखि नै लागु हुने गरी थप ३ महिना कैद र ५० हजार जरिवाना हुने भयो।
जरिवाना बुझाएको भए सुन्दर २०७७ पुस २३ गते जेलमुक्त हुने थिए। उनले जरिवाना बुझाउन सकेनन्। जरिवाना नबुझाउँदा पनि सुन्दर २०७८ असार १० गते जेलमुक्त हुन्थे।
तर त्यही बीचमा उनले आफूलाई रोल्पा कारागारमा सरूवा गरिदिन गरेको निवेदनका आधारमा जेल प्रशासनले सरूवा गरिदियो। २०७७ मंसिर ८ गते नेपालगञ्जबाट रोल्पा कारागारमा हरिजन र शाहलाई सँगै स्थान्तरण गरिएको थियो। नेपालगञ्जबाट रोल्पा पुग्दा हरिजन शाह र शाह हरिजन बनेर नाम लेखाएको भेटिएको चापागाईं बताउँछन्।
सेतापाटीबाट

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here