spot_img
Wednesday, February 12, 2025
Homeब्यानरजसपा बाँके अध्यक्ष राई उपेन्द्र समुहमा

जसपा बाँके अध्यक्ष राई उपेन्द्र समुहमा

spot_img

जनता समाजवादी पार्टी, नेपाल बाँकेका जिल्ला समितिका सम्पुर्ण नेता कार्यकर्ता आफ्नो गौरवशाली पार्टी पहिचान वादी, संघियताका सर्जक मधेश मसिहा उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालमा नै एकतावद्ध रहेको बताएका छन् । बाँके जिल्लामा रहेका केन्द्रीय सदस्य, संघिय परिषद् सदस्य, प्रदेश समिति सदस्य एवंम जनवर्गिय संगठनका समिति आफुहरुको साथमा रहेको विज्ञप्ति मार्फत जनामएका छन् ।

‘वर्तमान अवस्थामा पार्टीलाई थप मजबुत र एकताबद्ध भएर पहिचान र संघियतालाई सबल बनाउनु पर्ने, विभिन्न आन्दोलनका बिर सहिदहरुको सपना साकार पार्नुपर्ने हो तर संसद अधिवेशन आह्वान भैसकेको अवस्थामा दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएको साथै जनता समाजवादी पार्टी, नेपालका बहुमत केन्दीय सदस्यहरु दलप्रति प्रतिबद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितीका व्यक्तिहरु निर्वाचन आयोगमा गई अवैधानिक निवेदनको आधारमा दल विभाजन गरेकोले यस्ता गैरजिम्मेवारी कार्यको जनता समाजवादी पार्टी, नेपाल बाँके जिल्ला कार्य समिति घोर भत्र्सना गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।

जसपाबाट अलग भएर केहीदिन अघि मात्र अशोक राईको नेतृत्वमा एउटा समुहले जनता समाजवादी पार्टी नामक दल निर्वाचन आयोगमा दर्ता गराएको थियो । नव गठित पार्टीमा बाँके निवासी तत्कालिन जसपाका केन्द्रिय नेता एवम् पुर्वमन्त्री मोहम्मद ईस्तियाक राई महासचिव छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520