जनता समाजवादी पार्टी नेपाल डुडुवा गाँउपालिकाले स्थानिय तह निर्वाचन सम्बन्धि संकल्प पत्र सार्वजनिक गरेको छ । डुडुवा गाँउपालिका स्थित जाफरपुर्वामा आयोजना गरिएको एक कार्यक्रम बीच उक्त संकल्प पत्र सार्वजनिक गरिएको हो ।
पुर्व सहरी बिकास मन्त्री इस्तियाक राईको प्रमुख उपस्तिथिमा जसपा तर्फबाट डुडुवाको अध्यक्ष पदका उम्मेदवार भण्डारी लाल यादव, उपाध्यक्ष उम्मेदवार तरन्नुम बानो लगायत वडाध्यक्ष तथा सदस्य सहितको उम्मेदवारहरुले संकल्प पत्र सार्वजनिक गरेका हुन ।
अध्यक्ष उम्मेदवार यादवले प्रतिबद्धता पत्र वाचन गर्दै डुडुवामा अवश्यकता र औचित्यको आधारमा पत्र तयार गरेको बताएका छन । उनले पालिकामा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, युवा तथा खेलकुद, वन तथा वातावरण, खानेपानी तथा सरसफाई, सांस्कृतिक तथा पर्यटन लगायत अन्य सार्वजनिक सरोकारका क्षेत्रहरुमा बिषेश जोड दिएको बताएका छन ।
पालिकामा गुणस्तर शिक्षाको अभावका कारण युवाहरु बाहिर गएर पढनुपरेको हुदाँ शिक्षा क्षेत्रलाई सुधार गर्न आफनो पहिलो प्रथमिक्तामा राखेको यादवले बताए । उनले सार्वजनिक गरेको पत्रमा शिक्षा पहिलो नम्बरमा रहेको छ ।
डुडुवा भित्रका विद्यालय ९सामुदायिक० मदरसा, गुरुकुलहरुमा अधिकार सम्पन्न समिति बनाईनुका साथै हरेक विद्यालयमा स्वच्छ खानेपानी, व्यवस्थित शौचालय, छात्राहरुलाई निशुल्क सेनिटेरी प्याड र आधुनिक शिक्षा प्रणालिको लागि कम्प्यूटर समेतको व्यवस्था गरिने उनले जनसमक्ष संकल्प लिएका थिए ।
यस्तै, आफु निर्वाचित भए स्वास्थ्य क्षेत्रमा जेष्ठ नागरिकहरुको सम्पुणर् उपचारको जिम्मा गाँउपालिकाले लिने बताए । यहाँका किसानहरुलाई कृषिमा आत्मानिर्भर बनाउनको निम्ति प्रत्येक वडालाई कृषि पकेट क्षेत्र घोषणा गरि १ गाँउ १ उप्पादनको अवधारणालाई अवलम्बन गर्नको निम्ति किसानलाई आवश्यक पर्ने बिउ बिजन, मलखाद्य, कृषि औजार र बिषदीमा बिषेश अनुदान दिने बताए ।
