spot_img
Sunday, December 10, 2023
Homeब्यानरकोमिड–१९ बिरुद्धको खोप सम्बन्धी बिद्यार्थीहरु संग छलफल कार्यक्रम सम्पन्न

कोमिड–१९ बिरुद्धको खोप सम्बन्धी बिद्यार्थीहरु संग छलफल कार्यक्रम सम्पन्न

spot_img

कोमिड–१९ बिरुद्धको खोप सम्बन्धी बिद्यार्थीहरु संग छलफल कार्यक्रम नेपालगंजको मंगल प्रसाद मा.वि र नारायण मा. वि का कक्षा ११ र १२ मा अध्यनरत ६० जना बिद्यार्थीहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ । विद्यालय स्तरमा कोमिड–१९ बिरुद्धको सचेतना फैलाउन र कोरोना बिरुद्धको खोपको पहुँचमा पुन्याउनका लागि बिद्यार्थीहरु बीच छलफल गरिएको हो ।
छलफलबाट कोरोना संक्रमणको जोखिम अझै कायम रहेको र जोखिम कम गर्नका लागि विद्यालय स्तरसम्म खोप केन्द्र संचालन गरी खोप लगाउने र सावधानीका सूचना प्रचार प्रसार गर्ने जस्ता विषयमा जोड दिईएको छ। खोप नलगएका विधार्थीहरु नेपालगंजको वडा नं. ४ मा रहेको शहरी स्वास्थ्य केन्द्रमा गई खोप लगाउनका लागि जानकारी गराई खोप लगाउने प्रतिबद्धता बिद्यार्थीहरु जनाएका छन्।
नेपालगन्ज उपमहानगरपालिकाको समन्वय, सहकार्य तथा सेफ द चिल्ड्रेनको आर्थिक सहयोगमा सामाजिक विकास मंच (एस डि एफ) बाँकेद्वारा संचालित “जोखिम संचार तथा सामुदायिक सहभागिता परियोजना अन्तर्गत जिल्ला युवा क्लब संजाल बाँकेको आयोजनामा उक्त छलफल गरिएको संजालका सचिव राजन वर्माले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here