spot_img
Saturday, July 27, 2024
Homeब्यानरकांग्रेस राप्तीसोनारीबाट अध्यक्षमा ८ र उपाध्यक्षमा ५ जना सिफारिस

कांग्रेस राप्तीसोनारीबाट अध्यक्षमा ८ र उपाध्यक्षमा ५ जना सिफारिस

spot_img

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट कांग्रेसका उम्मेदवार सिफारिस भएका छन् । कांग्रेस राप्तीसोनारी गाउँपालिका कार्यसमितिले अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार सिफारिस गरेको पालिका सभापति भिम बहादुर राना क्षेत्रीले बताए ।
अध्यक्षका लागि ८ जना र उपाध्यक्षका लागि ५ जनाको नाम सिफारिस गरी पठाएको राना क्षेत्रीले जानकारी दिए । उनका अनुसार लाहुराम थारु, महाविर ओली, यम बहादुर खड्का, संगिता थारु, तप्त पौडेल, डिल्ली गिरी, खुम बहादुर बस्नेत र रुद्र बहादुर ओली अध्यक्ष पदको उम्मेदवारका लागि सिफारिस भएका छन् । थारु वर्तमान अध्यक्ष हुन् । वली वडा नम्बर ८ का वडा अध्यक्ष एवम् महासमिति सदस्य, खड्का र थारु महाधिवेशन प्रतिनिधि, पौडेल निवर्तमान जिल्ला सचिव, गिरी कांग्रेस बाँकेका प्रबक्ता एवम् क्षेत्र नम्बर १ का निवर्तमान क्षेत्रीय सचिव, बस्नेत क्षेत्रीय सचिव एवम् वडा नम्बर ८ का वडा अध्यक्ष तथा वली शिक्षक संघका पूर्व अध्यक्ष हुन् ।यस्तै उपाध्यक्षमा सविना ओली, धनीकुमारी खत्री, तारा परियार, नैना खत्री र माधवराम थारु सिफारिस भएका छन् । ओली लुम्बिनी प्रदेश प्रतिनिधि, खत्री वर्तमान गाउँपालिका उपाध्यक्ष, परियार पालिका सहसचिव, खत्री राप्तीसोनारी गाउँपालिकाकी बोर्ड सदस्य र थारु लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।कांग्रेस विधान अनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टिकट दिने अधिकार जिल्ला कार्यसमितिलाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here