spot_img
Friday, July 26, 2024
Homeब्यानरकाँग्रेसको एजेण्डामा मतदाताहरु सहमत हुँदै, प्रशान्त जित्दै

काँग्रेसको एजेण्डामा मतदाताहरु सहमत हुँदै, प्रशान्त जित्दै

spot_img


नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टसहितको उम्मेदवारले आज विहानै नेपालगन्ज उपमहानगरपालिका–१० मा घरदैलो तथा कोणसभा गरेका छन । कोणसभामा बोल्दै बिष्टले यसअघि कांग्रेसले जितेको वडा नम्बर १० मा यसपटक नर बहादुर बिष्टको पुरै टिमलाई जिताउन सबै नेता कार्यकर्तालाई आग्रह गरे । उनले नेपालगन्जको विकासका लागि काँग्रेसको विकल्प नभएको बताए । त्यस्तै नगर प्रमुखका उम्मेदवार बिष्टलाई वडा नम्वर १० मा पनि मतदाताले हौसला दिएका छन् । आफू निर्वाचित भए पश्चात् तपाईंहरुका समस्या र अधुरा कार्य सबै पूरा गर्ने नगर प्रमुख बिष्टले बताए। काँग्रेसले सारेका एजेण्डामा मतदाताहरु सहमत हुँदै गएका छन् । जस्का कारण प्रशान्तको जित बलियो बन्दै गएको छ । यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले नगरप्रमुखमा प्रशान्त बिष्ट र गठवन्धन दलका उपप्रमुख कमरुद्दिन लाईलाई विजयी बनाउन लाग्न कार्यकर्तालाई निर्देशन दिए । उनले विकासप्रेमी र योजनासहितको टीमलाई जिताउन मतदातालाई आव्हान गरे। काँग्रेस बाँकेका पूर्व पार्टी सभापति किरण कोइरालाले काँग्रेसको जितलेमात्रै सम्बृद्धि छाउने बताए । घरदैलो तथा कोणसभामा काँग्रेसी कार्यकर्ता तथा शुभेच्छुकहरुको वाक्लै उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here