दाङ – दाङमा बलात्कार अभियोगमा एकजना ‘धामी’ पक्राउ परेका छन् । धामी झाँक्री गर्ने नाममा महिला र बालिका बलात्कार गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका– १९ का ३५ वर्षीय गोपाल बिकलाई पक्राउ गरिएको हो ।
बिकले आफू शिवको भक्त हुँ,“दैविक देवले आफूलाई छोएको र विभिन्न स्थानमा धामी झाँक्री गर्छुभनी झुक्काएर माघ २९ गते तुलसीपुर– १८ खैरेनीमा एक महिलालाई बलात्कार गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार उनले महिला र सँगै आएकी १४ वर्षीया महिलाकी भान्जीलाई पनि जबरजस्ती करणी गरेको भनी फागुन ५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको थियो । जाहेरी परेलगत्तै परिचालन गरिएको प्रहरी टोलीले विकलाई तुलसीपुर उपमहानगरपालिका– १९ दुधरासमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी श्यामु अर्यालले जानकारी दिए । पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको अर्यालले बताए ।