spot_img
Saturday, July 27, 2024
Homeकला/साहित्यउपासनाको ‘बोल्ड’ बन्ने रहर

उपासनाको ‘बोल्ड’ बन्ने रहर

spot_img

अभिनेत्री उपासना सिंह ठकुरी पछिल्लो समयमा सर्वाधिक माग भएकी कलाकार हुन् । उनलाई धेरैजसो चलचित्रको अफर पुगेका हुन्छन् । उपासनाको हातमा अन्य अभिनेत्रीले छाडेका चलचित्र पनि पुग्ने गरेका छन् ।

‘क्याप्टेन, कबड्डी ३ र डिसेम्बर फल्स’मा काम गरेकी उपासना अन्य दुई चलचित्रमा काम गर्ने तयारीमा छिन् । चलचित्रको पर्दामा उपासना सामान्य युवतीको भूमिकामा बढी ‘फिट’ देखिएकी छन् । ‘क्याप्टेन र कबड्डी ३’मा उनी गाउँकी युवतीको भूमिकामा छिन् ।

तर, सामाजिक सञ्जालमा उनले पोस्ट गर्ने तस्वीर वा उनले खिचाएका फोटोसुट हेर्दा पनि उनी आफूलाई चलचित्रको पर्दामा बलियो भूमिका र बोल्ड अवतारमा प्रस्तुत गर्न आतुर रहेको देख्न सकिन्छ ।

उपासनाले हालै मात्र खिचाएको एक तस्वीरमा उनी फूलको गुच्छा लिएर बोल्ड अवतारमा प्रस्तुत भएकी छन् । उनको यो तस्वीरमा अधिकांशले उनको सुन्दरताको तारिफ गरेका छन् । साथै, कतिपयले भने उपासनालाई बोल्ड फोटोसुट नगर्न पनि आग्रह गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here