spot_img
Saturday, July 27, 2024
Homeब्यानरइस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव आज मनाइँदै

इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव आज मनाइँदै

spot_img

नेपालसहित बिश्वभरका मुस्लिम धर्मालम्वीले आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४९६ औं जन्म जयन्ती मनाइरहेका छन् ।आजको विभिन्न स्थानमा छरिएर रहेका मुस्लिम समुदायहरुले महोम्मदको स्मरण गर्ने, ठाँउ ठाँउबाट र्‍याली निकाल्ने, उपदेशहरु ग्रहण गर्ने, मस्जिदमा कुरान पाठ गर्ने, सबै जना परिवारजन एक ठाउँमा जम्मा भएर मिष्ठान्न भोजन लिने, शुभकामना आदान प्रदान गर्ने चलन रहेको मुस्लिम अगुवाहरुले बताउँछन् ।
मोहम्मदको जन्म बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट भएको थियो । उनी नै मुस्लिम धर्मको प्रवर्तकको रुपमा रहेका छन । उनलाई आज विश्वभरका मुस्लिम समुदायले विशेष रुपमा स्मरण गर्ने गर्दछन् ।

नेपाली ढाका टोपीमा सजिएर मोहम्मद जयन्तीको अवसरमा ¥यालीमा सहभागीकोहरु एक तस्वीर


हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको जानकारहरु बताउँछन । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।
मन्त्रिपरिषद्को कार्तिक १ गते बसेको बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई १४९६ औं मोहम्मद जयन्तीका अवसरमा सार्वजनिक विदा दिने सोमबारै निर्णय गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here