spot_img
Friday, September 6, 2024
Homeब्यानरआइएमई मोटर्सको ‘गुरुजीबाट साहुजी’बनाउने योजना

आइएमई मोटर्सको ‘गुरुजीबाट साहुजी’बनाउने योजना

spot_img

काठमाडौं – नेपालकालागिअशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकलअधिकृत बिक्रेताआइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’सुरु गरेको छ । गुरुजी (सवारी चालक)हरुलाई साहुजी (सवारी धनी) बनाउने उद्देश्यका साथकम्पनीले यो अभियानसुरु गरेको हो । यस योजनाअन्तर्गत अशोक लेलैण्डकाजुनसुकै लाइटकमर्शियल भेहिकल(दोस्त) सिरिजका सवारी साधनबिनाधितो ८० प्रतिशतसम्मफाइनान्स सुविधामाखरिद गर्न सकिनेछ । यी सवारी साधनखरिद गर्ने ग्राहकले तीनमहिनासम्ममासिककिस्ता (इएमआई) तिर्नु नपर्ने सुविधा र आकर्षक ब्याजदरको लाभलिनपाउने छन् । योजना आफ्नो साबिक काम छोडी आफ्नै व्यवसाय सुरु गर्ने चाहना बोकेका महत्वाकांक्षीचालकहरुप्रति समर्पित रहेको जारी विज्ञप्तिमा बताइएको छ । । ‘त्यसैले हामीले यसलाई ‘गुरुजीबाट साहुजी’ योजनाभनेका छौं,’ कम्पनीको विज्ञप्तिमाभनिएको छ । यो योजनाले वैदेशिक रोजगारीबाटफर्केर स्वदेशमै स्वरोजगारमूलककामगर्न चाहनेलाई पनिराम्रो अवसर प्रदानगर्नेछ । त्यसैगरी, रोजगारी गुमाएर आफ्नै व्यवसायसुरुगर्न खोजिरहेका र व्यवसायविस्तार गर्ने योजनामा रहेका उद्यमीले पनि यो योजनाबाटलाभलिन सक्छन् । नेपालमाअशोक लेलैण्डका सवारी साधनकालागिबलियो ग्राहक सेवा सञ्जालछ । नेपालभर यसका २० भन्दाबढीआधिकारिक वर्कसपहरु छन् भने पार्टपुर्जाहरु सजिलै पाइन्छ । नयाँ योजना सार्वजनिकगर्ने क्रममाआइएमई मोटर्सका सिइओ हेमन्त पुरानिकले भन्नुभयो, ‘यो अफर यातायात÷ढुवानीव्यवसाय सुरु गरी आफ्नै उद्यमको मालिकबन्ने चाहनाबोकेका सबै सवारी चालक र अरु रोजगारनभएकाको लागि सुनौलो अवसर हो । ८० प्रतिशतसम्मफाइनान्स र तीनमहिनासम्मको किस्तातिर्न नपर्नु बजारमाउपलब्धमध्येको सबैभन्दाआकर्षकअफर हो । यो उद्यमीहरुकालागिएकदमसुनौलोअबसर हो । यो अफर ‘तपाईंको प्रगति, हाम्रो चाहना’भन्ने कथनअनुसार छ ।’इच्छुक व्यक्तिले आफ्नो नजिकैको अशोकले लैण्डका सोरुम मा गई गाडीबुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here