spot_img
Friday, September 6, 2024
Homeब्यानरअस्ताउदो सुर्यलाई अर्घ दिँदै आइतबार साँझ पश्चिम देश भर छठ पर्व हर्षोलासका...

अस्ताउदो सुर्यलाई अर्घ दिँदै आइतबार साँझ पश्चिम देश भर छठ पर्व हर्षोलासका साथ मनाईंदै

spot_img

अस्ताउदो सुर्यलाई अर्घ दिँदै आइतबार साँझ पश्चिम देश भर छठ पर्व हर्षोलासका साथ मनाईंदैछ ।छठको तेस्रो दिन आईतबार साँझ अस्ताउदो सूर्यको पूजाआरधना गरी अर्घ दिइन्छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि शुक्रबार देखि सुरु भई सोमबार सम्पन्न हुने छठ पर्वको उपलक्ष्यमा पश्चिम बाँकेको नेपालगंज उपमहानगरपालिका,बागेश्वरी मन्दिर ,रानी तलाउ लगायत विभिन्न स्थानमा रहेको ताल तलैया,सिङगारिएको पोखरी, नदि र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर हरेक किसिमका फलफूल तथा पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान सहित अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गरिन्छ ।
यस पूजाको अवसरमा ब्रतालुहरुले सुर्य र छठी माताको आराधना गर्छन् । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो । छठमा उपबास गरी व्रत बसी पुजाआजा गर्नाले दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भने पारिवारमा सुख संबृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने जनविश्वास रहँदै आएको छ ।
धार्मीक सदभावको रुपमा स्थापित हुदै गएको छठ पर्व मधेशी समुदाय मात्र नभई पहाडी समुदाय साथै मुस्लिम,जनजाति लगायतहरुको सहभागिता रहेको र यो पर्वमा हरेक समुदायको चासो बढदै गएको हुदाँ हरेक बर्ष बृदि हुदै गएको देखिन्छ । छठ पर्व सुर्यको अराधाना र उपासना गरि मनाउने गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here