spot_img
Saturday, July 27, 2024
Homeब्यानरअवैध लागूऔषध सहित ४ जना पक्राउ

अवैध लागूऔषध सहित ४ जना पक्राउ

spot_img

सर्लाही- लालबन्दी नगरपालिका-२ जुटपानी नहरस्थित सडकबाट करिब ९ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ब्रहम्पुरी गाउँपालिका-४ बस्ने २० वर्षीय तमने साह र १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । नवलपुरबाट मंलगवातर्फ जादै गरेको बिआर ३० डब्लु ६५६४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा चामलको बोराभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-८ रिहारबाट ८ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बासगढी नगरपालिका-८ बस्ने २१ वर्षीय सुमन थारु र बढैयाताल गाउँपालिका-८ बस्ने ३५ वर्षीया राज कुमारी थारु रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here