spot_img
Tuesday, May 20, 2025
Homeकला/साहित्यअन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारद्वारा नेपालका आरिफ अन्सारी पुरस्कृत

अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारद्वारा नेपालका आरिफ अन्सारी पुरस्कृत

spot_img

“दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरूको भूमिका” विषयक भारतको जयपुर राजस्थानमा आयोजित दुई दिवसीय कार्यक्रम ९बैशाख १२ र १३ गते० मा सार्क पत्रकार मञ्च भारत च्याप्टरद्वारा दोस्रो युगल किशोर शुक्ला पत्रकारिता पुरस्कारबाट दुई नेपाली सहित ९ जना पत्रकार पुरस्कृत भएका छन् ।

ऐपेक्स विश्वविद्यालय सिप्रापथ मानसरोवर जयपुर राजस्थानमा आयोजित कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टरले ऐतिहासिक ‘दोस्रो युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार–२०२५’ बाट दक्षिण एसियाका विभिन्न देशका पत्रकारहरुलाई सम्मान गरेको हो ।
सो पुरस्कारबाट सम्मानित हुनेहरुमा नेपालबाट सार्क पत्रकार मञ्च नेपाल च्याप्टरको सम्मेलन तयारी समितिका उप(संयोजक मोहम्मद आरिफ अन्सारी रहेका छन् । अन्सारी भेरी एफएम नेपालगञ्जका स्टेसन प्रमुख तथा नेपाल प्रेस इन्ष्टिच्यूट, क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगञ्जका प्रमुख हुन ।यो अवार्ड भारतका प्रथम पत्रकार युगल किशोर शुक्लाको नामबाट स्थापित गरी प्रदान गरिएको हो । कानपुरका पण्डित युगल किशोरले ३० मई १८२६ मा कलकत्ताबाट पहिलो हिन्दी पत्रिका “उदन्त मार्तण्ड”को शुरुवात गरेका थिए । युगल किशोर शुक्ला भारतको पहिलो हिन्दी पत्रिका ‘उदन्त मार्तण्ड’ को पहिलो सम्पादक हुन । उनको नाममा सार्क पत्रकार मञ्च भारत च्याप्टरले सो पुरस्कार स्थापना गरेको भारत च्याप्टरका अध्यक्ष प्रो।डा। अनिरुद्ध सुधांशुले जानकारी दिए ।


ऐपेक्स विश्वविद्यालयका कुलपति डा। रवि जुनिवालको अध्यक्षता तथा सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ऐपेक्स विश्वविद्यालयका प्रो कुलपति डा। खेमराज चौधरी, उपकुलपति प्रो डा। सोमदेव सातन्सु, पूर्व प्रमुख प्रो।डा। सञ्जिव भनावट, गौतम बुद्ध विश्वविधालय नोयडाका डीन प्रो। डा। बन्दना पाण्डे, सार्क पत्रकार मञ्च भारत च्याप्टरका अध्यक्ष प्रो।डा। अनिरुद्र सुधान्सु, सार्क पत्रकार मञ्च कार्यसमिति सदस्य प्रो।डा। स्मिता मिश्रा, सार्क पत्रकार मञ्च श्रीलंका च्याप्टरका अध्यक्ष राहुल सामन्था, सार्क पत्रकार मञ्च तेलंगना च्याप्टरका मोहम्मद युसुफुद्दीन, महराष्ट्रका अनिल साम्बले, एयर कमाण्डर डी।एस। सेखावत, प्रो।डा। ओपी चंगानी, प्रो। डा। राकेश प्रेमी, डा। वसना चंगानी, डा। गरिमा श्रीवास्तवको विशेष उपस्थिति रहेको थियो उक्त २ दिने अन्तर्राष्ट्रिय सम्मेलनमा अतिथिरसहभागीको रूपमा तेलंगना कि मधुमेह शिक्षाविद्, सीएनडी पीजी डाक्टर सायदा फरहिन लगायत व्यक्तित्वहरु पनि सम्मानित भएका छन् ।
सार्क जर्नालिष्ट फोरम ईण्डिया च्याप्टरका अध्यक्ष सुधांशुले दुई दशकभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय पत्रकारितामा योगदान पुर्याएबापत इलेक्ट्रोनिक र प्रिन्ट मिडिया गरि सम्मानित गरिएको हो।इलेक्ट्रोनिक मिडियातर्फ नेपालबाट मोहम्मद आरिफ अन्सारी, भेरी एफएम, श्रीलंकाबाट राहुल सामन्था र प्रिन्टबाट दिपेन्द्र प्रजापति रहेका छन् । पत्रकारिता शिक्षण क्षेत्रतर्फ प्रो सजीव भानावत, प्रो बन्दना पाण्डे, डाक्टर गरिमा रहेका छन । यसैगरी भाषागत पत्रकारिताको तर्फबाट उर्दु भाषाका लागि तेलंगनाका सैय्यद आरिफ, अंग्रजीतर्फ मोहम्मद युसुफुद्दीन कादरी र क्षेत्रीय भाषातर्फ जयपुरका शेख रईस अहमदलाई सम्मान गरिएको छ ।
यसैगरी सार्क पत्रकार मञ्च इण्डिया च्याप्टरले पत्रकारितामा योगदान पुर्याएको भन्दै सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, नेपालका पत्रकार रुद्र सुवेदी,अजमत अली सिद्दिकी, रमेशचन्द्र कुमाल, मुकेश चौधरी र नवीन नेपालीलाई पुरस्कारबाट सम्मान गरेको छ ।उक्त सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका लगायत दक्षिण एशियाली राष्ट्रका ४० पत्रकार र १ सय २० अनुसन्धानकर्ता, शान्ति अभियन्ता, पत्रकारिताका विधार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विश्वमा शान्ति स्थापना, क्षेत्रीय सहकार्य र पत्रकारिताको उत्तरदायित्व विषयमा १ सय २० वटा कार्य प्रस्तुत भएको थियो साथै उक्त कार्यपत्रमा बहस, विचार विमर्श र अनुभव आदान प्रदान गरिएको थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here