spot_img
Saturday, July 27, 2024
Homeराजनीतिअखिल नेपाल किसानको कास्कि जिल्ला समन्वय समिति गठन

अखिल नेपाल किसानको कास्कि जिल्ला समन्वय समिति गठन

spot_img

अखिल नेपाल किसान महासंघ कास्कि जिल्ला समन्वय समिति गठन भएको छ । नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजबादीका स्थायी कमिटि सदस्य तुल बाहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यकममा स्थायी कमिटि सदस्य चुडामणि जंगली तथा किसान महासंघ उपाध्यक्ष एवम् हाम्रो पार्टी पोलिटब्युरो सदस्य श्रीनाथ बरालले बिशेष अतिथिको मन्तब्य दिएका थिए । त्यसैगरी प्रदेश कमिटि सदस्य तिलक पुन जिल्ला कमिटि सचिवालय सदस्य राम प्रसाद अधिकारी, जिल्ला कमिटि सदस्य काशिनाथ अधिकारी ,महानगर कमिटि उपाध्यक्ष प्रेम पुन र सचिव सुसिल बस्नेतले पनि कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा सम्पुर्ण उपस्थितलाइ स्वागत किसान महासंघ राष्ट्रिय समिति सदस्य मुक्ति बरालले गरेका थिए। भेलाले काशिनाथ अधिकारी अध्यक्ष रहेको ४१सदस्यदयी कमिटि गठन गरेको छ । भुवनेस्वर सुबेदिको अध्यक्षतामा भएको कमिटी गठन कार्यक्रमको सञ्चालन कास्की जिल्ला कमिटि सचिवालय सदस्य तथा किसान महासघ राष्ट्रिय समिति सदस्य कमरेड दुर्गा सुबेदिले गरेका थिए । उक्त कार्यकमले नवनिर्वाचित अध्यक्षको संयोजकत्वमा अखिल नेपाल किसान महासंघको ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटि समेत गठन गरेको छ । साथै भेलाले कृषि क्षेत्रको समाजवादी रुपान्तरण र साना किसान केन्द्रीत दिगो कृषिको बारेमा छलफल गर्नुका साथै यस सम्बन्धमा सुस्पष्ट दृष्टिकोण नेकपा एकीकृत समाजवादीसँग मात्र भएकोले खाद्य सम्प्रभुताको कार्यान्वयन मार्फत कृषि क्षेत्रको समाजवादी रुपान्तरण गर्न हाम्रो गौरवशाली पार्टीका उम्मेदवारहरुलाई स्थानीय तहको निर्वाचनमा अत्याधिक बहुमतले विजयी गराउन आब्हान समेत गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here