spot_img
Saturday, July 27, 2024
Homeब्यानरअकोरावको आज बुधबारबाट वार्षिक साधारणसभा

अकोरावको आज बुधबारबाट वार्षिक साधारणसभा

spot_img

सामुदायिक रेडियो सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपालको १६ औँ वार्षिक साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको छ । अकोरावको २२ औँ स्थापना दिवसका अवसरमा बुधबार(आज) नेपालगन्जमा हुन लागेको रेडियो सम्मेलन तथा साधारण सभाको तयारी पुरा भएको केन्द्रीय अध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।
रेडियो सम्मेलन तथा साधारण सभाको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले सबै तयारी पुरा भएको बताए ।साधारण सभाको कार्यक्रमका प्रमुख अतिथी एवम् कानुन न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्घाटन गर्ने अध्यक्ष गिरीले जानकारी दिए ।उक्त सम्मेलनले सामुदायिक रेडियो आन्दोलनलाई थप बलियो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको उनले बताए । साधारण सभाको उद्घाटन शत्रमा सामुदायिक रेडियो प्रशारक संघका पुर्वअध्यक्षद्धय मिनबहादुर शाही र मोहन चापागाई, सामुदायिक रेडियो स्थापनामा अगुवाई गरेका ददिराम सुवेदी, थारु समुदायका बड्घर पतिराम थारु र नेपालगन्जका कलाकार श्यामानन्द सिंहलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले जानकारी दिए ।
साधारण सभाको बन्द शत्रमा सामुदायिक रेडियोको वर्तमान अवस्था, आगामी रणनीति लगायत विषयमा ब्यापक छलफल हुने बताइएको छ । अकोरावमा हाल देशभरका ३ सय ६१ सामुदायिक सदस्य रेडियो आवद्ध छन् । प्रत्येक रेडियो स्टेशनबाट एक÷एक जना प्रतिनिधी साधारण सभामा सहभागी हुन आउने अकोरावका महासचिव किशोरजंग थापाले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here