spot_img
Sunday, July 12, 2026
Homeखेलकुदखेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

spot_img

नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नु का साथै शारीरिक, मानसिक एवं संवेगात्मक रुपमा सकारात्मक समाज बनाउने बताएका छन् । नेपालगन्जमा महेन्द्र पुस्तकालयको आयोजनामा भएको खेलकुदले बनाउने समाज विषयक एक विमर्श कार्यक्रममा बोल्ने वक्ताहरुले खेलकुदले समाजलाई जोड्ने र सबल समाज बनाउन सघाउने बताए ।
कार्यक्रममा बोल्दै ओलम्पियन तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री सुरेन्द्र हमालले भने, ‘खेलकुदले समाजलाई अनुशासित बनाउँछ । राजनीतिमा जति ढिलो पुग्यो त्यति ठूलो मान्छे मानिन्छ, तर खेलमा तोकिएको समयभन्दा पाँच मिनेट ढिलो भएमा खेलबाट वाकआउट दिइन्छ ।’ उनले आफू क्यान्सरबाट पीडित भएपनि खेलले सिकाएको सकारात्मक उर्जाकै कारण रोगलाई जित्न कहीँ न कहीँ भूमिका खेलेको बताए ।
अर्का खेलाडी समसुद्दिन सिद्दिकीले खेलले समाजमा सकारात्मक प्रतिस्पर्धाको वातावरण बनाउने बताए । उनले भने, ‘सुरेन्द्र दाईले भारोत्तोलन गरेको देखेपछि मलाई पनि उहाँभन्दा धेरै भार उठाउन सक्छुँ भन्ने सकारात्मक इख पलायो । यहाँ कसैको खुट्टा तानेर भन्दा अरुभन्दा अघि गएर मात्रै सफल भइन्छ ।’
कार्यक्रमका अर्का वक्ता पूर्व खेलाडी शान्ति सिंहले महिलालाई सबल बनाउन पनि खेलकुदले ठूलो भूमिका खेलेको बताइन् । उनले आफू नेपालगन्जको पहिलो पुस्ताको खेलाडी भएको बताउँदै सुरु सुरुमा खेलमा महिलाहरुलाई सहभागी हुन नै समस्या रहेको स्मरण गरिन् । तर खेलमार्फत नै देशविदेशमा गएर मेडल ल्यनएर आएपछि त्यसले महिलालहरुलाई खेलमा सहभागी हुने कुरालाई समाजले समान्य रुपमा लिएको र महिलाहरुलाई आर्थिक रुपले पनि सबल बनाएको बताइन् । ‘खेलकुदमा समाजले सकारात्मक सन्देश दियो । महिलाहरुले पनि केही गर्न सक्छन् भन्ने उदाहरण दिने मौका दियो,’ सिंहले भनिन् ।
कार्यक्रमका अर्का वक्ता रहेका पत्रकार तथा नेपालगन्ज म्याराथनका संयोजक टीएस ठकुरीले विश्वका धेरै मुलुक तथा सहरको विकासमा खेलको ठूलो योगदान रहेको बताए । उनले भने, ‘कतिपय सहरहरुको इतिहास हेर्दा सहर समृद्ध भएर खेलकुदको विकास भएको हो कि खेलकुदले सहरको विकास भएको हो भन्ने छुट्याउन गाह्रो पर्छ ।’ नेपालमा पनि खेललाई समाजको एक प्रमुख हिस्साकै रुपमा हेर्न थालिए पनि खेल समृद्ध भएका देश तथा सहरहरुले खेलमा जनाउने सहभागिताका तुलनामा नेपाल पछि रहेको बताए ।
‘खेलाडीलाई सामाजिक सुरक्षा चाहियो’
कार्यक्रमका वक्ताहरुले खेलकुदको विकासका लागि राज्यले खेलाडीहरुलाई सामाजिक सुरक्षाको प्रत्याभुति दिनुपर्ने पनि बताए । अहिले राज्यका तर्फबाट खेलाडीहरुलाई आर्थिक सुरक्षाको प्रत्याभूति हुन नसकेका कारण खेलाडीहरु पलायन हुने अवस्था रहेको उनीहरुको भनाइ थियो ।
प्यानल छलफलको मोडेलमा भएको उक्त कार्यक्रमका एक वक्ताका रुपमा रहेका खेलाडी बालकृष्ण चौधरीले खेलाडीहरु खेल्न नसक्ने स्थितिमा खेल क्षेत्रमै वा अन्य अवसरहरु सृजना गर्नुपर्ने बताए । युवा उमेरका खेलाडीहरु खेल जीवनपछि के गर्ने भन्ने चिन्तामा रहने गरेको बताए । उनले भने, ‘म आफै केही वर्ष विदेश बसेर आएपछि आर्थिक रुपले केही सहज स्थितिमा आएँ । अब पनि खेलाडीहरुले आर्थिक सुरक्षाका दृष्टिले चिन्ता लिनु नपर्ने स्थिति राज्यले बनाउनुपर्छ ।’
खेलाडी तथा खेलसेवी रतन कुमार टण्डनले पनि राज्यले खेलाडीहरुका लागि सामाजिक सुरक्षाको व्यवस्था नगर्ने हो भने अभिभावकले आफ्‌ना सन्तानलाई ढुक्कका साथ खेल क्षेत्रमा सामेल गराउन हिचकिचाउने अवस्था रहीरहने बताए । साथै उनले खेलाडीहरुका प्रतिभाहरुको खोजी पनि नियमित कार्यक्रम अन्तर्गत सरकारले गर्दै जानुपर्ने पनि बताए । ‘विगतमा पनि ट्यालेन्ट हन्टको नाममा कार्यक्रम थियो । तर त्यसलाई सही तरिकाले कार्यान्वयन भयो भएन थाहा भएन ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here