spot_img
Tuesday, September 1, 2026
Homeबजारकांग्रेस बाँकेद्वारा नेता रौनियार सम्मानित

कांग्रेस बाँकेद्वारा नेता रौनियार सम्मानित

spot_img

नेपाली कांग्रेस बाँकेले पार्टीका नेता ललितकुमार रौनियारलाई विशेष सम्मान गरेको छ। हालै सम्पन्न नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक उद्योगी–व्यवसायीको संयुक्त प्यानललाई विजयी बनाउन निर्वाचन परिचालन समितिको संयोजकका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कांग्रेस बाँकेले रोनियारलाई सम्मान गरेको हो।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रममा रोनियारलाई   खादा  ओढाएर  उनको योगदानको प्रशंसा गरिएको थियो।
निर्वाचनका क्रममा लोकतान्त्रिक उद्योगी–व्यवसायीको पक्षमा संगठन परिचालन, समन्वय तथा निर्वाचन व्यवस्थापनमा संयोजकका रूपमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै रोनियारको कार्यसम्पादनको उच्च मूल्यांकन गरिएको कांग्रेस बाँकेले जनाएको छ।
कार्यक्रममा प्रजातान्त्रिक कानुन व्यवसायी संघ, नेपाल प्रेस युनियन बाँके, नेपाली कांग्रेसका जिल्ला, प्रदेश तथा संघीय पार्षदलगायत कांग्रेसनिकट विभिन्न भ्रातृ तथा शुभेच्छुक संघ–संस्थामा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस बाँकेका जिल्ला सचिव सुधांशु कोइरालाले गरेका थिए। सम्मान कार्यक्रममा कांग्रेसका नेता–कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि तथा विभिन्न तहमा निर्वाचित पदाधिकारीहरूको सहभागिता रहेको थियो।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here