१३ हजार बढी प्राथमिक तहको शिक्षकका लागि विज्ञापन खुल्ने भएको छ।
शिक्षक सेवा आयोगले भोली बुधबार प्राथमिक तहको तृतीय श्रेणीमा खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन खोल्न लागेको हो। आयोगले निर्णय गरिसकेकाले विज्ञापन बुधबार गोरखापत्रमा र आयोग आफ्नै वेबसाइटबाट सार्वजनिक हुने छ।
आवेदन दिन चाहाने इच्छुक उम्मेदवारले बुधबारदेखि माघ १३ गतेसम्म नियमित शुल्कमा दरखास्त दिन सक्ने भएका छन् । त्यस्तै माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर परीक्षा आवेदन फाराम भर्न सकिने आयोगले जनाएको छ ।
विज्ञापनको सामान्य तर्फको परीक्षा आगामी चैत्र १९ गते सञ्चालन हुने जनाइएको छ । परीक्षाको लागि आवेदन फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था समेत गरिएको छ।