spot_img
Thursday, September 10, 2026
Homeराजनीतिप्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको समीक्षा बैठक सम्पन्न

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको समीक्षा बैठक सम्पन्न

spot_img

बाँके प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको समीक्षा बैठक मंगलबार सम्पन्न भएको छ । संघका अध्यक्ष संजय थापाको अध्यक्षतामा बसेको बैठकले संघको आगामी कार्यदिशा तथा विभिन्न समसामयिक विषयमा छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ ।

संघका महासचिव हिमनाथ पौडेलका अनुसार बैठकले हालै सम्पन्न नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको समीक्षा गर्दै प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका तर्फबाट नेपालगन्ज उद्योग वाणिज्य संघमा प्रतिनिधित्व गर्दै निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।निर्वाचन सफल बनाउन सक्रिय रूपमा खटिएका निर्वाचन परिचालन समितिका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्ने निर्णयसमेत बैठकले गरेको संघका अध्यक्ष थापाले जानकारी दिए ।बैठकले प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको साधारणसभा तथा अधिवेशन आगामी मंसिर महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । साथै संघका सदस्यहरूको सदस्यता नवीकरणको कामसमेत यथाशीघ्र सुरु गर्ने निर्णय गरिएको महासचिव पौडेलले बताए ।

यसैगरी, संघका प्रेस सल्लाहकार मधु पौडेल नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको पार्षदमा निर्वाचित भएको तथा कानुन व्यवसायी ९अधिवक्ता०को परीक्षामा सफलता हासिल गरेको भन्दै बैठकले पौडेललाई बधाई तथा शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ ।

बैठकमा संघका उपाध्यक्ष चण्डीप्रसाद गैरे, कोषाध्यक्ष विष्णु श्रेष्ठ, नगर अध्यक्ष शिवप्रसाद दाहाल, विष्णुप्रसाद भुषाल, शुसिला बराला, सचिव सन्तोषकुमार पौडेल, सदस्य सुरेस सिंह परियार, सल्लाहकार चिन्तामणि धिताल, मधु पौडेल, ललितकुमार रौनियार, तोजेन्द्र विकलगायतको उपस्थिति रहेको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्य शरदप्रसाद रिजालको समेत बैठकमा सहभागिता रहेको थियो

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here