spot_img
Saturday, July 27, 2024
Homeब्यानरहात्तीपाईलेको रिप्रिटास सर्भेमा बाँके लगातार चौथोपटक फेल

हात्तीपाईलेको रिप्रिटास सर्भेमा बाँके लगातार चौथोपटक फेल

spot_img

राष्ट्रिय हात्तीपाईले रोग निवारण सम्बन्धी गरिएको रिप्रिटास सर्भेका क्रममा बाँकेमा पुनः फेल भएको छ । बाँकेमा गरिएको रिप्रिटास सर्भेका क्रममा बाँके लगातार चौथो पटक फेल भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार यही फागुन पहिलो साता बाँकेको नेपालगञ्ज र कोहलपुरमा राष्ट्रिय हात्तीपाईले रोग निवारण सम्बन्धी रिप्रिटास सर्भे गरिएको थियो । उक्त रिप्रिटास सर्भेका क्रममा बाँकेका २७ जनाको केश पोजेटिभ पाइएको छ ।

जिल्लाका दुई स्थानमा ६ सय बढि जनामा गरिएको सर्भेका क्रममा केश पोजेटिभ पाइएको हो । ११ औं पटक आमऔषधी कार्यक्रम सञ्चालन भएको बाँकेमा यसको प्रभाव सम्बन्धि गरिएको सर्भेबाट २७ जनामा केश पोजेटिभ पाइएपछि बाँके पुन फेल भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहले जानकारी दिए ।

उनले भने–‘विगत दुई वर्षको भन्दा अवस्था तल झरेकोछ, यसपटक पनि रिप्रिटास सर्भेमा बाँके फेल भयो ।’ उनले अगाडी थपे–‘नेपालगञ्जमा २ दशमलव ८ र कोहलपुर ५ प्रतिशत रिप्रिटास सर्भे रिपोर्ट आएको छ । टासमा पास हुन २ प्रतिशतभन्दा तल झरेको हुनुपर्छ । सर्भेमा पास भएको भए टासका अन्य चरण सञ्चालन गरिने थियो ।’

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर–४ सल्यानीबागलाई केन्द्र बनाएर नजिकैका ३ स्थानमा गरिएको सर्भेक्षणमा तीन सय बढिको रक्त नमूना संकलन गरि जाँच गरिएको थियो । सो क्रममा नेपालगञ्जका ९ जनामा हात्तिपाइलेको केश पोजेटिभ पाइएको हो ।

यस्तै कोहलुपर नगरपालिका को ५–६ रझेनालाई केन्द्र बनाएर तीनसय बढी जनाको रक्त नमूना जाँच गर्दा १८ जनामा हात्तिपाइलेको केश पोजेटिभ पाइएको हो । नेपालगञ्ज र कोहलपुर क्षेत्रका ५ वर्षभन्दा माथिका ६ सय बढि ब्यक्तिमा हात्तिपाईले रोग भए नभएको एकिन गर्न र आम औषधी सेवन कार्यक्रमको प्रभावकारिताका लागि रिप्रिटास सर्भे गरिएको हो ।

योसंगै बाँके पुनः हात्तिपाईले र आम औषधी सेवनको विषयमा फेल भएको छ । यद्यपी यसअघि पनि बाँकेमा ११ औं पटक आम औषधी कार्यक्रम सञ्चालन भएपनि कार्यक्रम सफल हुन सकेको थिएन । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहका अनुसार ५–६ वर्षसम्म लगातार औषधी सेवन गरे हात्तिपाइले रोग नियन्त्रण गर्न सकिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here