spot_img
Saturday, July 27, 2024
Homeब्यानरस्थायी पुर्जा वितरण गर्दै कोहलपुर नगरपालिका

स्थायी पुर्जा वितरण गर्दै कोहलपुर नगरपालिका

spot_img

कोहलपुर नगरपालिकाका २ वडाका बासिन्दालाई जग्गाको स्थायी पुर्जा वितरण गरिने भएको छ । नगरका वडा नं. २ का झन्डै ६६ परिवारलाई उनीहरूले भोगचलन गर्दै आएको जग्गाको धनी पुर्जा गरिएको थियो । कोहलपुर नगरपालिका अन्तरगत साविक रझेना र चटार गा.वि.स. अन्तरगतका वडाहरुमा रहेका गाँउ व्लकका जग्गाहरुको पुर्जा वितरण गरिएको थियो ।
पुर्जा वितरण कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाले पहिलो चरणमा लामो समय देखि जोतभोग गदै आएका गाँउ ब्लकका जमिनहरुको नापी गरेर पुर्जा वितरण गर्ने कार्य गदै आएको वताए । यस्तै प्रमुख आचार्यले जनताले आफुले फाराम भर्ने र आफुनो नाममा कम्प्युटर मा डाटा इन्ट्री गर्ने र पछि उक्त जग्गा वेचविखन गर्ने कार्य भएमा यसले गर्दा पुर्जा वितरणमा समस्या आउने वताए । कोहलपुर नगरपालिकाले पहिलो चरणमा भुमिहिन र अव्यवस्थित बसोवास गदै आएका हरुलाई लालपुर्जा वितरण गर्ने कार्यक्रम रहेको वताए । आफुलाई सरकारले दिएको सम्पतीको संरक्षण र विकास गर्नुपर्ने वताए तर जनताले उक्त सम्पतिलाई बेचखिन तफ लगरेर विनाश गर्न तर्फ नलाग्न आग्रह समेत आचार्यले गरे । यस्तै कार्यक्रमा कोहलपुर नगरपालिकाकी उप मेयर संगिता सुवेदीले लामो समय देखि उपभोग गदै आएको तर आफ्नो नाममा पुर्जा नहुदा विभिन्न आर्थिक कारोवार गर्न वाट पछि परेका जनताको लागी पुर्जा पाउनु भनेको अत्यन्त राम्रो कुरा भएको वताईन् ।
यस्तै कार्यक्रमा कोहलपुर नगरपालिका वडा नं. २का वडा अध्यक्ष हरिसिंह कठायतले जनताले २०५५ साल देखि लाजपुर्जाको प्रतिक्षा गरेर वसेकोमा आज आफुहरुले जनाता लाई लालपुर्जा वितरण गर्न पाईएकोमा आफुलाई खुसी लागेको वताए । जनताले पुर्जा लाई आफनौ पैतृक सम्पतीको रुपमा राख्न आग्रह गरे । कार्यक्रममा पुर्जा प्राप्त गर्ने वडा नं. २का नेपालीया थरुनीले जिवनमा सवै भन्दा खुसीको दिन भएको वताईन् । आफुहरुले लामो समय देखि यहि लालपुर्जाको आसामा वसेकाले अहिले प्राप्त गर्ने अवसर पाईएको वातईन् । यस्तै वडा नं. २का हरिस चन्द्र थारुले वाजेका पालादेखि मागरेको कुरा नातीको पालामा प्राप्त गरिएकोमा सवै जनालाई धन्यवाद दिएका थिए । कार्यक्रममा जिल्ला नापी कार्यालयका प्रमुख सहदेव सुवेदीले कोहलपुरका सवै वडाहरुमा क्रमिक रुपमा वितरण गर्न वताए । उनले भने केन्द्रिय आयोगका अध्यक्ष केशव मिरौलाले कोहलपुरमा विशेष गरेर कामलाई अगाडि बढाउन आफुहरुलाई आदेश समेत दिएको सुवेदीले वताए ।कार्यक्रममा नेपाली काँग्रेस वडा नं. २का सभापति यज्ञ वहादुर महरा , वडा नं. २का पुर्व वडा अध्यक्ष कृष्ण वहादुर वि.सि लगायतको उपस्थिती रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here