नेपाल–भारतका पत्रकार बिच बाँकेको नेपालगंजमा सिमानाकामा समाचार संकलनका हुने समस्याका बारेमा बृहत छलफल सम्पन्न भएको छ । शनिबार नेपालगंजमा मधेश मिडिया नेपाल बाँकेद्धारा आयोजना गरीएको होली मिलन तथा सिमानाका सम्बन्धमा मिडियाकर्मीको भुमिका विषय एक दिने कार्यक्रममा उक्त छलफल भएको हो ।छलफल कार्यक्रममा भारतीय पत्रकार अजय मिश्रा,बनारस गिरी, बयोबृद्ध पत्रकार मनिराम शर्मा,भान सिंह लगायतले भारतका तर्फबाट सम्बोधन गर्ने क्रममा नेपाली मिडिया र भारतीय मिडियाको विचमा सुमधुर सम्बन्ध सधै भरी रहेको बताएका थिए । यसैगरी बरिष्ठ पत्रकार निरज गौतम,नेपाल टेलिभिजन कोहलपुर प्रमुख तथा वरिष्ठ पत्रकार विजय कुमार वर्माले पत्रकारहरुले सिमानाकाको संवेदनशिलतालाई मध्ये नजर गर्दै भारत र नेपालको हितका विषयमा पनि कमल चलाउनु पर्ने बताए ।यसैगरी वष्ठि चित्रकार श्यामानन्द सिंह ठकुरी,पुर्व मन्त्री सर्वदेव ओझा लगायतले स्वागत मन्तव्य राखेको थिए ।कार्यक्रम बीच भारतीय पत्रकार र नेपाली पत्रकारहरुलाई मधेश मिडिया मिसनले मधेशी टोपी गम्छा, साल लगाई कदर प्रमाण पत्र दिई सम्मान गरेको थियो । पत्रकार आदित्य भान सिंह, अजय शर्मा, कुँवर दिवाकर सिंह, विद्या भुषण सिंह, निरज वर्नवाल, इरसाद हुसैन, मनिराम शर्मा, श्यामकुमार मिश्रा, संजय बर्मा, सुरेश मधेशिया, राजेश सिंह, नवि अहमदलगायतको सम्मान गरिएको थियो । आयोजक संस्थाका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी सहजीकरण गरेको कार्यक्रममा नेपाल पत्रकार महासघका पुर्व केन्द्रिय सदस्य झलक गैरे,पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव शुक्रऋषि चौलागाई ,सदस्य मो.आरीफ अन्सारी,नेपाल पत्रकार महासंघ बाँके पुर्व सभापति रुद्र सुवेदी,पत्रकार महासंघका बर्तमान सदस्य भिष्म लोथ,वरिष्ठ पत्रकार पुर्णलाल चुके,पत्रकार मधु पौडेल लगायतको उपस्थिति रहेको थियो ।