spot_img
Saturday, July 27, 2024
Homeब्यानरसाहित्यकार खगेन्द्रको अश्रु अर्घ बिमोचन

साहित्यकार खगेन्द्रको अश्रु अर्घ बिमोचन

spot_img

बाँकेका साहित्यकार खगेन्द्र गिरी कोपिलाको“अश्रु अर्घ” कृतीको विमोचन शनिबार एक कार्याक्रम विच बाँकेको राप्ती सोनारी गाउँपालिकामा विमोचन भएको छ । गजल सङग्रह,लोकगायक,लेखक,तथा विभिन्न साहित्यका विधाहरुमा कलम चलाउन रुची राख्ने गिरीको १० औं “अश्रु अर्घ” गजलसङग्रहको विमाचोन गाउँपालिकाको भुवर भावनी धार्मिक स्थलमा सम्पन्न गरीएको हो । गिरीको ५९ औ जन्मदिनको अवसरमा मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान नेपालगंजको आयोजनामा उक्त कृति विमोचन गरीएको आयोजकले जानकारी दिएको छ ।उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरु , व्यग्र चाँदनी ,डुबे पनि डुब्दैन घाम , आफ्नै छाल आफ्नै किनारा, राग वसुन्धरा ,लहरलहर गन्दै , अतीत आमँत्रण, अस्वीकृत रहर, ऋतुदर्शन , अश्रु अर्घ गजल , मुक्तक , नियात्रा गरि १० वटा कृति रहेका छन भने समालोचनात्मक पुस्तक मधु प्रदक्षिणा , गजल सञ्चेतना सन्निधी र सम्पादित पुस्तक दशनामी दर्शन नेपाली दशनामी समाजको अनुसन्धानमूलक पत्रिका , मध्यपश्चिमका गजल हस्ताक्षर संयुक्त नेपाली गजलसङ्ग्रह , सृजनसाक्षी हिन्दी कवि प गिरीमोहन गरु अभिनन्दनग्रन्थ , तबस्सुम का दिया नेपालका उर्द गजलहरुको संयुक्तसङ्ग्रह लगागतको रचना रचि सक्नु भएको छ । गिरी कोपिला साहित्य क्षेत्रमा निरन्तर लेखिरहने सिर्जनशील व्यक्ति हो । समाजका नराम्रा बिकृतीलाइ ऐना आफ्ना गजल, मुक्तकद्धारा छरलङ्ग पार्ने गर्दछ । उहाँको लेखनमा आफ्नै शैली आफ्नै लय छ । उहाँ एक परिवर्तनशील साहित्यकार पनि हो । शुद्ध नेपाली भाषामा लेखिएको (अश्रु अर्घ) गजल कृतीले अवको युवा साहित्य पिढीलाइ नेपाली शुद्ध भाषालाइ जोगाइ राख्न र कुनै पनि उपन्यास , गजल मुक्तक सङ्ग्रह नेपाली भाषामै लेख्नुपर्छ भने यस अश्रु अर्घ गजल कृतीको मुख्य उद्देश्य रहेको गिरी कोपिलाले बताए । यो भन्दा अगाडीको गजल २०६६ सालमा प्रकाशित भएको कोपिलाले जानकारी गराए । गजल गित संगित भनेको दुखहरु बिसाउने चौतारी पनि हो । जसलाइ पढेर वा सुनेर मनमा आनन्दको महसुस हुने गर्छ । उनले भन् गजल लेख्न कहाँ सजिलो छ र गजल देख्न त पहिले कबिनै भावुक भएर आसुमा डुबेको हुन्छ । कबिले लेख्ने हर एक पानामा आसुका ढिका समेत खसेका हुन्छन् । उक्त अश्रु अर्घ गजलसङ्ग्रह कृति बिमोचन को प्रमुख अतिथी बरिष्ठ साहित्यकार गंगानाथ कोइराला सभापति भुवर भवानी मन्दिर व्यवस्थापन समितीका अध्यक्ष तुलसीराम थारु , अतिथी साहित्यकार किरण आचार्य , भीम बहादुर शाही , डाक्टर जनार्दन आचार्य , नीम बहादुर थापा , छबीलाल कोपिला लगायतका उपन्यासकार साहित्यकारहरुको उपस्थितीमा उक्त गजल कृतीको बिमोचन गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here