spot_img
Friday, July 26, 2024
Homeब्यानरसहकारीद्धारा विद्यार्थीलाई शैक्षिक समाग्री सहयोग

सहकारीद्धारा विद्यार्थीलाई शैक्षिक समाग्री सहयोग

spot_img

बाँकेको नेपालगन्ज उप–महानगरपालिका– २ मा रहेको गुरुकुल बचत तथा ऋण सहकारी संस्थाले मंगलबार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुल नाराका साथ संस्थाले सहकारीका ७ सिद्धान्त अन्तरगत समाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै गैर सरकारी संघ संस्था सेभ द चिल्डे्रन र समाजिक विकास मञ्चको साझेदारीमा घुम्ती कोष सञ्चालन गरी लक्षित वर्गका सदस्यहरुलाई सहुलियत पुर्ण ऋण परिचालन गर्दै आईरहेको छ । त्यस बाट प्राप्त आम्दानीको केहि प्रतिशत रकम बाल अनुदान कोष स्थापना समेत गरेको छ ।
नेपालगञ्ज स्थित मंगल प्रसाद उच्च माध्यामिक बिद्यालयका न्युनआय तथा अपाङ्ग बालबालिकालाई शैक्षिक समाग्री सहयोग गरी बालबालिकाको शैक्षिक स्तरलाई माथि उकास्न सहयोग पुग्ने हेतुले कोष मार्फत सहयोग बाट १२ जना बालबालिकालाई स्टेस्नरी समान र नगद गरी रकम रु२२ हजार ४०० बराबारको समान वितरण गरीएको हो ।
कार्यक्रममा गुरुकुल सहकारीका अध्यक्ष प्रदिप चौधरी, प्रमख अतिथी जिल्ला सहकारी संघ लि.का प्रबन्धक नवराज उपाध्याय, विशिष्ठ अतिथी मंगल प्रसाद उच्च माध्यमिक विद्यालयका का व्यवस्थापन समिति अध्यक्ष बिज्रेश बहादुर सिंह, अतिथी नेपालगञ्ज उपमहानगरपालिका–८ नः वडा अध्यक्ष विवेक बाजपेई, नेफ्स्कुन फिल्ड व्यवस्थापन समिति सदस्य, बचत तथा ऋण जिल्ला सहकारी संघ लि. सचिव, संस्थाका बरीष्ठ सल्लहाकार प्रेम बहादुर शाह, मंगल प्रसाद उच्च माध्यामिक विद्यालयका सहायक प्रधानध्यापक कृपाराम बर्मा, सेभ द चिल्ड्रेन कार्यक्रमका संयोजक फुल कुमारी चौधरी, समाजिक विकास मञ्चका अध्यक्ष चम्पा सिंह थापा मगर, यस संस्थाका उपाध्यक्ष कमल गुप्ता लगाएतको सहभागिता रहेको थियो ।कार्यक्रमलाई गुरुकुल साकोसका व्यवस्थापक टिकाराम चौधरीले सहजीकरण गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here