spot_img
Saturday, July 27, 2024
Homeब्यानरसमाजसेवी नमराजको समाज सेवा,१०० जना जेष्ठ नागरीकलाई न्यानो टोपी

समाजसेवी नमराजको समाज सेवा,१०० जना जेष्ठ नागरीकलाई न्यानो टोपी

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका–२० निवासी समाजसेवी नमराज सपकोटाले शनिबार १०० जना जेष्ठ नागरीकहरुलाई न्यानो टोपी वितरण गरेको छन ।जेष्ठ नागरीकहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम अन्तर्गत समाजसेवी सापकोटाले आफ्नो निजी स्रोतबाट विगत केही वर्ष देखि बाँके नेपालगंज उपमहानगरपालिका–२० मनिकापुरका अति विपन्न परिवारलाई दाल,चामल,तेल लगायतको सहयोग,जेष्ठ नागरीकहरुलाई विभिन्न धार्मिक स्थलहरुको धार्मिक भ्रमण,बाँके नरैनापुरका जेष्ठ नागरीकहरुलाई न्यानो टोपी तथा सल वितरण,वडा नं.२०मा रहेका सरकारी विद्यालयमा पढि रहेका गर्ने अति विपन्न परिवारका छात्रछात्रा विद्यालय पोशाक लगायतको सहयोग गर्दै आएका छन । पुर्व सैनिक सापकोटाले आफुले पाउँदै आएको पेन्सनको रकमलाई जेष्ठ नागरीकलाई न्यानो कपडाका साथै आवश्यक सहयोगमा खर्च गर्दै आएको बताएका छन ।नेपालगंज उपमहानगरपालिकाको राझामा शनिबार सम्पन्न न्यानो टोपी वितरण कार्याक्रमका प्रमुख अतिथि तथा साविक गाउँविकास समिति मनिकापुरका पुर्व सभापति पदम अर्यालले यसरी जेष्ठ नागरीकहरुलाई न्यानो कपडा वितरण गर्नु ठुलो पुन्यको काम भएको बताए । प्रमुख अतिथि अर्यालले भने,“पछिल्लो समय घरपरिवारले ख्याल नगरीरहेको अवस्थामा समाजसेवी नवराज सापकोटाको कार्य पुन्यको काम हो ।”


न्यानो टोपी वितरण कार्यक्रममा पुगेको स्थानिय नेपालगंज उपमहानगरपालिका–२० सम्झना चोकका कालि प्रसाद आर्चायले स्थानिय जनप्रतिनिधिहरुले गर्नु पर्ने काम समाजसेवी सापकोटाले गरी रहेको हुदाँ निर्वाचनमा हाम्रो भन्दा पनि राम्रोलाई रोज्नु पर्ने बताए । ७८ वर्षिय आर्चायले भने,“हामीले हाम्रो भनेर चुनावमा जिताउँछन आखिरमा केही हुदैन ,मैले भोग्दै आएको समस्या हो ।”न्यानो टोपी वितरण कार्यक्रममा पुगेका अर्का स्थानिय हिमाली टोल बस्ने पनानह उपाध्यायले समाजसेवी सापकोटाको कार्यलाई निकै राम्रो भनेर प्रतिक्रिया दिए । उने भने,“नेताले आफ्नो बारेमा सोच्छन तर नवराज बाबुले आफ्नो निजी स्रोतबाट सामाजसेवा गरी राख्नु भएको छ ।”स्थानिय खगेन्द्र न्यौपाने संचालन गरेको कार्यक्रममा पत्रकार मधु पौडेल,कृष्ण बहादुर शाही,टसि बहादुर बुढा लगायतले स्वागत मन्तव्य दिएको थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here