spot_img
Saturday, July 27, 2024
Homeब्यानरसद्भावको शहर नेपालगन्ज संगै जिल्ला मै ‘दसैं’ र ‘मोहम्मद डे’ को रौनक

सद्भावको शहर नेपालगन्ज संगै जिल्ला मै ‘दसैं’ र ‘मोहम्मद डे’ को रौनक

spot_img

बाँके जिल्ला हरेक दृष्टिकोणबाट निकै संवेदनशील जिल्लाको रुपमा लिने गरेता पनि पछिल्लो समय जिल्ला सामाजिक तथा धार्मिक सदभावको रुपमा चिनिदै आएको पाइन्छ । बाँकेमा नेपालगंंज उपमहानगरपालिका,कोहलपुर नगरपालिका,खजुरा गाउँपालिका,बैजनाथ गाउँपालिका,नरैनापुर गाउँपालिका,राप्तीसोनारी गाउँपालिका,डुडुवा गाउँपालिका,जानकी गाउँपालिका गरी आठ स्थानिय तहहरु रहेका छन । यस मध्येमा पनि नेपालगंज उपमहानगरपालिकालाई सद्भावको सहरका रुपमा चिनिदै आएको पाइन्छ । यहाँ हुने हरेक क्रियाकलाप जस्तो धार्मिक समाजिक क्रियाकलापहरुमा सबै जाति समुह तथा धर्ममा आस्था राख्नेहरुको स्वतन्त्र सहभागि भएको देखिन्छ ।अहिले हिन्दुहरुको महान पर्व दशैतिहारसगै इस्लाम धर्मावलम्बिहरुको महान पर्व मोहम्मद “डे”को बाँके जिल्लाको सदभावको शहर नेपालगंजमा रौनक बढेको देखिन्छ । दशैमा पश्चिम नेपालकै प्रसिद्ध मन्दिर बागे्श्वरीमा भक्तजनहरुको उल्लेख्य भिड रहेको देखिन्छ भने इस्लाम धर्मावलम्बिहरुको महान पर्व मोहम्मद डे अर्थात मोहम्मद जन्मोत्सव कार्तिक २ गते मंगलबार मनाउने भएको इस्लाम धर्म मान्नेहरु बताउँछन ।





नेपालगंज बागेश्वरी टोलमा दुर्गा मुर्तिको पुजा आरधान गर्दै भक्तजनहरु

बाजागाजाका धुमधामका साथ जलुस निकार मनाईने मोहम्मद “डे”को तयारी चले सगै नेपालगंज शहरुमा चहलपहल बढेको छ भने अर्का तर्फ दशैको छुट्टै रौनक देख्न सकिन्छ । प्राचीनकाल देखि नै शहरका चोकहरुमा दुर्गाको मुर्ति स्थापना गर्ने,बर्षोदेखि निरन्तर रामलिला तथा रावण बध मेला लाग्ने ,मुस्लिम समुदायको महान पर्व मोहर्रम, ईद, बकरइद, श्यामबाबा लस्कर, गुरुनानक पुजा, भण्डारा, तीज, दशै तिहार लगायतका राष्ट्रिय पर्वहरु अति सदभाव र समन्वयको साथमा सम्पन्न हुने गरेका छन ।तर कोभिड लगायतका रोगहरुले गर्दा विगतमा जस्तो रौनकता यस पटको दशैमा देखिएको छैन । शक्तिपिठका रुपमा रहेको माता बागेश्वरी मन्दिरमा यस वर्ष पहिलाको तुलनामा झिलिमिली, रोड लाईट, बत्ती बालिएको देखिदैन भने शहरका अधिकांश चोक तथा टोलहरुमा दुर्गाको मुर्ति थोरै स्थानमा स्थापना गरीएको श्रद्धालुहरु बताउँछन ।दशैको अवसरमा गरीने रामलीला खासमा नेपालगंज बाँकेको आकर्षण भएता पनि यस वर्ष कोभिडको कारण देखाउँदै नगर्ने निर्णय गरीदा दशै खल्लो भएको स्थनियहरु बताउँछन ।

बाँके नेपालगंज स्थित प्रसिद्ध शक्ति पिठ माता वागेश्वरी मन्दिर परिसर भित्र दियो बाल्दै गर्दै भक्तजनहरु

रामलिला मैदानमा हुदै आएको हिन्दुहरुको पवित्र प्राचाीन महाकाव्य “रामायण”मा आधारीत रामालिला यस वर्ष हुन सकेन जसले गर्दा विभिन्न स्थानहरुबाट रामलिला हेर्न आउनेहरुको मनमा निकै नरामाइलो लागी रहेको बताउँछन । स्थानियले रामलीला एउटा लीला मात्र नभै एउटा पाठशाला हुदाँ यसलाई यस वर्ष हुन नसक्नु दुखत विषय भएको बताउँछन । बाँकेको नेपालगंज शहर मात्रै नभै यो जिल्ला नै समाजिक सदवभको जिल्लाको रुपमा चिनिदै आएको छ ।

नेपालगञ्जको राँझा स्थित नेपाली सेनाको श्री भैरव प्रसाद गणले नेपालीहरुको महान चाड विजया दशमी २०७८ मा नेपालगञ्जको रामलिला मैदानमा निमार्ण गरेको सार्वजनकि लट्टे पिङ्ग

विभिन्न जातजाती मिलेर एकआर्काको सुख र दुस्खमा मिलेर एकअर्का संग उभिएका हुन्छन ।पछिल्लो समय जिल्लामा समाजिक सदभाव तथा धार्मिक सदुभावका लागि राम्रा कामहरु भएको पाइन्छ । विभिन्न चाडपर्वलाई लक्षित गरेर युवाहरुको स्वयम सेवा समुह बनाएर चाडपर्व लगायतका कार्यक्रम सम्पन्न गर्दा एक समुदायले अर्को समुदायलाई सहयोग गर्ने गरको मुस्लिम धर्म गुरु मौलाना अव्दुल जव्वार मञ्जरी बताउँछन । यहाँ मोहरममा हिन्दुहरुले मुस्लिमलाई साथ दिन्छन् भने दशैको दुर्गा मूर्तिहरु विसर्जन गर्दा मुस्लिम समुदायबाट पानी पिउने व्यवस्था गरीएको हुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here