spot_img
Saturday, July 27, 2024
Homeब्यानरविश्व शान्ति र हिन्दु राज्यका लागि धर्म जागरण सत्संग

विश्व शान्ति र हिन्दु राज्यका लागि धर्म जागरण सत्संग

spot_img

विश्व शान्ति तथा नेपाललाई हिन्दु राज्य घोषणा गर्ने उदेश्यका साथ बाँकेको नेपालगंज स्थित भृकुटी नगर १० मा धार्मिक जागरण ज्ञान महोत्सव संचालनमा आएको छ । शुक्रबार कलस यात्राबाट उद्घाटन भएको शुक्रबार श्रीमदभागवतको बाचन सहित समुद्धघाटन भएको हो । श्रीमदभागवत सप्ताह सत्संग धर्म जागरण ज्ञान महोत्सवमा प्रमुख वाचकका रुपमा हिन्दुराष्ट नेपालका अभियन्ता युवा सन्त श्री निवासचार्य महाराज रहेका छन । फागुन २७ गते शुक्रबार देखी चैत्र ५ गते सम्म संचालनमा रहने सो धर्म जागरण ज्ञान महोत्सव गोरक्ष अभियान नेपालले प्रस्तुत गरेको हो । सत्संगमा विभिन्न झाँकीहरुको लगायतको प्रस्तुत हुने भएको हुदाँ नेपालंगंज बासीहरुले पुराणको सुनेर प्रवित्र हुन आयोजक समितिका संयोजक भरतध्वज शाहीले अनुरोध गरेको छन ।नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल सम्शेर राणाले पानसमा बत्ति बालेर उद्धघाटन गरेको सत्संगको पहिलो दिनको प्रमुख अतिथिमा मोर्र्डन पब्लिक स्कुलका प्रधानध्यापक खड्क बहादुर बोहरा रहेको थिए । सत्संगमा विभिन्न हिन्दुधर्ममा आस्था राख्नेहरुले सत्संग संचालन सहयोगार्थ नगद दान गरेका थिए ।सत्संगको सफलताको लागि खड्क बहादुर बोहराले रु १० हजार एक सय र खुमा ओलीले रु ५ हजार एक सय सहयोग गरेको आयोजक समिति तथा गोरक्ष संरक्षण अभियान नेपालका संयोजक किशोर गुरुङले हामीलाई बताए ।महोत्सवको प्रत्यक्ष प्रशारण तथा प्रचारप्रसार नाईल खबर र मधुर खबर अनलाईन पत्रिकाले गरिरहेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here