spot_img
Saturday, July 27, 2024
Homeब्यानरविवादमा भारतले गर्यो तटस्थ रहने सङ्केत

विवादमा भारतले गर्यो तटस्थ रहने सङ्केत

spot_img

नयाँ दिल्ली – युक्रेनलाई लिएर रुस र अमेरिका बीच जारी विवादमा भारतले तटस्थ रहने सङ्केत दिएको छ । वर्तमान र दीर्घकालीन हितलाई ध्यानमा राख्दै भारतलाई अहिले अमेरिका र रुस दुवैको आवश्यकता छ ।
यस्तो अवस्थामा भारतले कुनै एक देश माथि सट्टेबाजी नगर्ने रणनीति अपनाएको भरतीय सञ्चार माध्यमले जनाएका छन । कूटनीतिक तहमा भारत अमेरिका र रुस सँग निरन्तर सम्पर्कमा छ र दुवै देशलाई आफ्नो अडान स्पष्ट रूपमा बताइरहेको बुझिएको छ ।
यसैबीच युक्रेन मुद्दामा युरोपेली मुलुकको महत्वलाई ध्यानमा राख्दै भारतले पनि उनीहरु सँग निरन्तर सम्पर्क राखेको छ । जर्मनी र फ्रान्सको पाँच दिने भ्रमणका लागि परराष्ट्रमन्त्री आज अबेर राति त्यसतर्फ प्रस्थान गर्दैछन् जहाँ उनले युरोपका अन्य देशका विदेशमन्त्री सँग वार्ता गर्नेछन् ।
अर्कोतर्फ पछिल्लो केही घण्टामा संयुक्त राष्ट्र सुरक्षा परिषद् (यु.एन.एस.सि.) मा भारतले दुई पटक छलफलमा भाग लिँदै आफ्नो पक्ष प्रस्तुत गरेको बताईएको छ । भारतले सबै पक्षलाई युक्रेन संकटको समाधान सम्झौताको मर्म अनुसार हुन आग्रह गरेको छ ।
यसका लागि कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै भारतले सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै तनाव बढाउने कदमबाट सबै पक्ष टाढै रहनुपर्ने बताएको छ । त्यसो गर्न नसक्दा विश्व शान्ति र शान्तिलाई खतरामा पार्न सक्छ । भारतको यो भनाइलाई रुसले स्वागत गरेको भरतीय सञ्चार माध्यम जागरण दैनिकले रिर्पोट गरेको छ ।नयाँ दिल्ली स्थित रुसको दूतावासको तर्फबाट भारतको यो अडान सन्तुलित, सैद्धान्तिक र स्वतन्त्र रहेको भनिएको छ । जागणको स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयका अधिकारीहरू पनि अमेरिकासँग निरन्तर सम्पर्कमा छन् । अष्ट्रेलियामा गत हप्ता विदेश सचिव हर्ष श्रृङ्ला र अमेरिकी उप(विदेश सचिव वेन्डी शर्मन र तत्कालीन विदेश मन्त्री एन्टोनी ब्लिन्केन र विदेश मन्त्री एस जयशंकर बीच भएको वार्तामा युक्रेनसँगको रुसको व्यवहारलाई प्रमुख रूपमा देखाइएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here