सामुदायिक वन उपभोक्ता महासंघले लुम्बिनी प्रदेश नव नियुक्त वन,वातावरण तथा भु–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल सामु विभिन्न मागहरु राखेको छ ।सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य डिल्ली गिरिले मन्त्री हमाल सामु विभिन्न मागहरु राखिएको बताएका छन ।बाँके जिल्ला राप्ती सोनारी गाउँपालिकामा मन्त्री हमाललाई बधाई तथा स्वागत कार्यक्रमको क्रममा उक्त मागहरु राखिएका हो । प्रदेश बन ऐन जनताका सरोकारवाला निकायको सहभागितामा तयार गर्ने,कोहलपुर नौबस्तामा जडिबुटि उद्योग स्थापना,बाँके जिल्लामा भु तथा जलाधार संरक्षण कार्यालयको स्थापना,सामुदायिक वनमा रहेका सुखाढ लडापढा सढेर जाने काठको व्यवस्थापन लगायतका विषय उठान भएको थियो । यसरी स्थानिय स्तरबाट उठेका विषयहरु पुरा गर्ने प्रतिबद्धता वन मन्त्री हमालले गरेका थिए । वन तथा वातावरण संरक्षण समन्वय समिति राप्ति सोनारी–८ सम्शेरगन्जले बधाई तथा स्वागत कार्यक्रममा समितिका अध्यक्ष तुलाराम खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा मन्त्री हमालले वन, वातावरण तथा भु–संरक्षण गर्नका लागि मन्त्रालयले योजना बनाइरहेको बताए । मन्त्री हमालले बाकेमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिने जानकारी दिए । जंगलमा सढे गलेका रुख तथा काठको चाडै ब्यवस्थापन गरिने बताए । सो क्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव तप्त पौडेल, राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, पत्रकार महासंघका पुर्बमहासचिव पोषण केसी, , नेपाली काङ्ग्रेस राप्ती सोनारी ८ का सभापति तथा वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत, वन महासंघका शालिकराम डागी लगायतले बोलेका थिए । उक्त कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ राप्ती सोनारीका अध्यक्ष कृष्ण केसीले संचालन गरेका थिए ।
