spot_img
Friday, July 26, 2024
Homeखेलकुदलोकतान्त्रिकमा अन्तराष्ट्रिय खेलाडी अन्सारी

लोकतान्त्रिकमा अन्तराष्ट्रिय खेलाडी अन्सारी

spot_img

नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति बाँकेको अध्यक्षमा अन्तराष्ट्रिय सुटिङका खेलाडी बद्धरुद्धिन अन्सारी चयन भएका छन । मंगलबार नेपाली कांग्रेस बाँकेको पार्टि कार्यालयमा आयोजित भेलाले अन्सारीलाई र्निविरोध अध्यक्षमा चयन गरेको हो । सुटिङका स्वर्ण पदक खेलाडि अन्सारीको अध्यक्षतामा बनेको जिल्ला कार्यसमितिको उपाध्यक्षमा अरुण विक्रम शाह,सचिवमा प्रकाश लामिछाने,सहसचिममा रन्जितसिंह सिजापति र कोषाध्यक्ष्मा कमला जैसी रहेको नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य समेत रहेको थापाले जिल्ला कार्यसमितिको सदस्यमा चक्र क्षेत्री,नवराज रावल,विशाल कर्माचार्य,राहुल गुप्ता, निर्मल चन्द,ओमजंग शाही,चन्द्र राना र मोहम्मद जावेद हल्वाई रहेको बताए ।संघको कार्यसमिति अहिलेलाई १३ सदस्यीय रहेको र पछि मनोनित गरेर २५ सदस्यीय पुर्याइने केन्द्रीय सदस्य थापाले जनाकारी गराए ।आयोजित कार्यक्रमका प्रमुख अतिथि एवं काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल,पुर्वमन्त्री एवं कांग्रस नेता सुरेन्द्र बहादुर हमाल,पार्टिका जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी,सचिव सुधान्सु कोइराला,कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत,नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता,कांग्रेस नेपालगंज उपमहानगरपालिका कार्यबाहक सभापति धनराज बर्मा,जिल्ला खेलकुद विकास समिति बाँकेका उपाध्यक्ष चेतकान्त भट्राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै थापाले १२ वटै जिल्लामा कार्यसमिति विस्तारलाई पुर्णता दिने बताए भने कार्यक्रम संचालन अरुण विक्रम शाहले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here