नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ नेपालगंजको नगर अध्यक्षमा कंचन बहादुर श्रेष्ठ चयन भएको छन । नगरको प्रथम अधिवेशनबाट नगर उपाध्यक्षमा चन्द्रा थापा र सेकानमानपति बज्राचार्य ,सचिवमा सन्तोष श्रेष्ठ र सहसचिवमा चन्द्रकला शाही गुरुङ र जिवा पुन चयन भएको छन । यसैगरी सदस्यमा रिमान पुन,सम्झाना घर्ती र आशा सिजापती मगर निर्विरोध निर्वाचित भएको छन ।नेपाली कांग्रेस नेपालगंज उपमहानगरपालिकाका कार्यवाहक नगर सभापति धनराज वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाती महासंघ केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि हेमन्त कार्माचार्य,लुम्बिनी प्रादेश संयोजक तथा लुम्बिनी प्रदेश सभासद माया पुन,नेपाली कांग्रेस बाँके जिल्ला सदस्य प्रमोद बहादुर श्रेष्ठ,कांग्रेस जिल्ला सदस्य उमा थापा मगर,नेपाल लोकतान्त्रवादी आदिवासी जनजाती महासंघ पुर्व संस्थापक अध्यक्ष अनिल कुमार श्रेष्ठ,पुर्व संस्थापक सदस्य शिव श्रेष्ठ,नेपाल लोकतन्त्रवादी जनजाति महासंघ लुम्बिनी प्रदेश सदस्य हरिशचन्द्र श्रेष्ठ,महासंघका बाँके जिल्ला सदस्य विशाल कर्माचार्य,नेपालगंज उपमहानगरपालिका वडा नं.१२ का वडा अध्यक्ष तरुण बज्राचार्य लगायतको उपस्थिति रहेको नेपाली कांग्रेसका नेता भुमण्डल श्रेष्ठले जानकारी दिएका छन ।