spot_img
Saturday, July 27, 2024
Homeब्यानरलैङ्किक उत्तरदायी बजेट स्थानीयकरण सम्बन्धी दुई दिने तालिम बाँकेको नेपालगंजमा सम्पन्न

लैङ्किक उत्तरदायी बजेट स्थानीयकरण सम्बन्धी दुई दिने तालिम बाँकेको नेपालगंजमा सम्पन्न

spot_img

सुशासनका लागि क्षमता विकास परियोना कार्यक्रम अन्तरर्गत बाँकेको नेपालगंजमा संचालित लैङ्किक उत्तरदायी बजेट स्थानीयकरण सम्बन्धी दुई दिने तालिम सोमबार सम्पन्न भएको छ । सुसानलाई केन्द्रमा राख्दै सेवा प्रभावर क्षमता विकासको पाटोमा संस्थागत र व्यक्तिगत विकास लागि नेपालगंजमा केही स्थानिय तहका जनप्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधि तथा कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरीएको लुम्बिनी प्रदेश संयोजक जर्मन विकास सहयोग संस्थाका प्रतिनिधि निराजन सुवेदीले जनाकारी दिए । सुवेदीका अनुसार सुशासनको सुचकलाई प्रथामिता दिदै हरेक परियोजनामा लैङ्कि उत्तरदायीत्वको विकास होस र नगरपालिकाको आवश्यकता अनुसार तालिमको आयोजना गरीएको बताए ।महिलाका ेलागि मात्रै नभएर पालिकाले गर्ने हरेक क्रियाकलापमा सबैको समान होस भन्ने तालिमको मुख्य उदेश्य रहेको छ । महिलाको सहभागितालाई समान गराउनका लागि यसमा महिलालाई बढि फोकस दिएको सुवेदीको दावी रहेको छ ।कार्यक्रमको बारेमा प्रतिक्रिया दिदै नेपालगंज उपमहानगरपालिका वडा नं.१२ का अध्यक्ष बुद्धि सागर सुवेदीले तालिमले योजना निर्माण देखि बजेट निर्धारणको समेत राम्रो जानकारी दिएको बताए ।यसैगरी नेपालगंज उपमहानगरपालिका वडा नं.२ का वडा अध्यक्ष सुनिल सिंह हमालले तालिमले अवका दिनमा उदेश्य निधारण गर्न तथा बजेट अझै प्रभावकारी ढंगले खर्च गर्न सकिन्छ भनेर सिकाएको प्रतिक्रिया दिएका छन ।बाँके जिल्लका नेपालगंज र राप्ती सोनारी गाउँपालिका लगायत बर्दिया जिल्लाको बासगढी र राजापुरमा तालिम गर्नै आयोजकले जनाकारी दिएको छ । त्यसैगरी कोभिड–१९को कारणले थोरैको संख्यामा उपस्थिति गराएर तालिम गराउनु पर्ने भएको हुदाँ थोरैको संख्यमा सहभागि गराउनु पर्ने बाध्यता भएको संस्थाका प्रतिनिधि तथा कार्यक्रमका सहजकर्ता नरेन्द्र केसीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here