spot_img
Wednesday, February 11, 2026
Homeबजारलायन्स नेपालगंजद्धारा युद्धका विद्यार्थीको दाँत परिक्षण

लायन्स नेपालगंजद्धारा युद्धका विद्यार्थीको दाँत परिक्षण

spot_img

बाँकको नेपालगंजमा रहेको युद्ध सस्कृति माध्यामिक विद्यालयका विद्यार्थीहरुको दाँत परिक्षण गरीएको छ । बुधबार लायन्स क्लव अफ नेपालगंजको सहयोगमा युद्धका विद्यार्थीहरुको दाँत परिक्षण गरीएको हो । परिक्षणका क्रममा दुई विद्यार्थीको खराब दाँत निकाल्ने काम समेत गरीएको जानकारी दिदै लायन्स क्लव अफ नेपालगंजका प्रमुख तथा जे शर्मा मेडिकलका संचालक जिवन शर्माले भने,“हाम्रो क्लवको बार्षिक कार्यक्रम अन्तरगत विभिन्न विद्यालयमा गरीने कार्यक्रम हो । खासगरी दाँत शरीरको मुख्य अंगको रुपमा रहेको हुदाँ यसको संरक्षणमा अभिभावक समेतको दायित्व हुन्छ भन्ने सन्देश दिनका लागि परिक्षण कार्यक्रम गरीएको हो ।”यसैगरी युद्ध सस्कृत माध्यामिक विद्यालयका प्रधानाध्यापक दिलिप कुमार श्रीवास्तवले विद्यालयमा शिक्षाका अतिरिक्त स्वास्थ्य क्षेत्रमा समेत चासो दिनु पर्ने मान्यता अनुरुप दाँतको परिक्षण कार्यक्रम राखिएको बताए । यसैगरी सोही विद्यालयमा शिक्षक तोजेन्द्र विकले विद्यार्थी भविष्यका कर्णधार भएको हुदाँ उनीहरुको स्वास्थ्य परिक्षण गरीनु पनि अधिकार भित्र भएको हुदाँ युद्ध सस्कृत माध्यमिक विद्यालयका विद्यार्थीलाई दाँत परिक्षण गरीएको हो । दुई सय चौविस जना विद्यार्थी रहेका युद्ध सस्कृत माध्यामिक विद्यालयले विभिन्न समयमा शिक्षा प्रदान गर्ने देखि लिएर अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिदै आएको विद्यालयले बताउँछ ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here