बाँके नेपालगंज वडा नं.१२ मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता युवाराज शर्माको भव्य स्वागत भएको छ । २०२४ सालदेखि नेपाली राजनितिमा होमिएका नेता शर्माको स्वागत नेपाली कांगे्रस बाँके जिल्ला सदस्य तथा वडा नं.१२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदी,महाधिवेशन प्रतिनिधि अजित कुमार शर्मा,नेपाली कांग्रेसका नेता दिनेश राज पन्त लगायत वडा नं.१२ का स्थानियहरुले स्वागत गरेको नेता पन्तले जानकारी दिएका छन ।
स्वागत कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले हामीहरु संविधानवादी बन्नुृ पर्ने बताए । सदस्य शर्माले संसारमा आफ्नो नामबाट परिचित हुने कोसीस गर्नु पर्ने बताए । उनले भने,“कोही पनि आफ्नो नामले परिचित हुनु पर्दछ,राजनितिमा धैर्यता अनिर्वाय हुन्छ तर कसैको पनि अपमान गर्नु हुदैन ।” कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि तथा कार्यक्रमका विशिष्ट अतिथि अजित शर्माले राष्ट्रिय सभा सदस्य युवराज शर्मालाई बधाई दिदै युवराज शर्मा जस्तो उर्जावान व्यक्तिले अवसर पहिलामै पाउँनु पर्ने बताए । राष्ट्रिय सभा सदस्य शर्मालाई ईङिगत गर्दे शर्माले भने,“युवराज सत्यवक्ता भएको हुदाँ सत्यको विजय भएको छ,हामीहरुमा धैर्यता,आत्मविश्वास र निरन्तरको खाचो छ जु युवाराज जीसंग सिक्नु पर्दछ ।”
कार्यक्रममा बोल्दै नेपाली कांगे्रस जिल्ला सदस्य तथा वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदीले बौद्धिक व्यक्ति राष्ट्रिय सभामा पुग्दा राष्ट्रिय सभाले राम्रो बौद्धिक व्यक्ति प्राप्त गरको बताए ।अध्यक्ष सुवेदीले वडा नं.१२ को विकास तथा यहाँका जनताहरुको सामाजिक,आर्थिक लगायतका क्षेत्रमा विकास लागि राष्ट्रिय सभा सदस्य युवाराज शर्माको सहयोग तथा समन्वय हुने आशा व्यक्त गरे ।स्वागत कार्यक्रममा नेपाली कांग्रेसका टंक नाथ पौडेल लगायतले स्वागत मन्तव्य राखेको थिए भने कार्यक्रमको सभाअध्यक्ष वडाका वडा सदस्य तथा नेपाली कांग्रेस नेता पन्तले गरेका थिए .