spot_img
Thursday, December 5, 2024
Homeब्यानरराष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६६ औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६६ औं वार्षिकोत्सव सम्पन्न

spot_img

काठमाडौं – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक समारोह बीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६६ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अनवरत रुपमा उक्त प्रतिष्ठान र अपराध अनुसन्धान विद्यालयमा सेवारत रहि घटनास्थल अनुसन्धान अधिकृत तालिम र अनुसन्धानात्मक अन्तर्वार्ता तालिमको थालनी एवं नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी उपरीक्षक जयबिष्णु नेपालीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरे । सोही अवसरमा उहाँले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा(२०७८) को लोकार्पण समेत गरेका छन ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले साइबर युगको वर्तमान अवस्थामा साइबर युगलाई अभ्यास गर्ने गरी अपराध अनुसन्धानको पद्धतिलाई विकास गर्नुपर्ने बताए । नेपाल प्रहरीले प्रशिक्षण पद्धतिमा परम्परागत प्रणालीको साथै आधुनिकतालाई पनि सम्बोधन गर्ने किसिमले प्रविधिप्रति दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक पर्ने पाठ्यक्रम तथा पाठ्य सामग्रीहरु निर्माण गर्नुपर्ने उल्लेख गरेका छन ।

उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले धन्यवाद ज्ञापन व्यक्त गर्दै वर्तमान अवस्थामा वैकल्पिक प्रशिक्षण विधि तथा प्रशिक्षणमा प्रविधिको प्रयोग हेतू प्रतिष्ठानले यस आर्थिक वर्षदेखि नेपाल प्रहरीको तालिम क्यालेण्डरमा नै राखी अनलाईन तालिमहरू सञ्चालन गरेको जानकारी दिएका छन ।

सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा। देब बहादुर बोहराले स्वागत मन्तव्य व्यक्त गरेको समारोहमा पिजिडिपिएस कार्यक्रमका सल्लाहकार प्रा. डा. राजीव विक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, विभिन्न प्रशिक्षण संस्थाका प्रतिनिधिहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.