spot_img
Saturday, July 27, 2024
Homeब्यानरयौनजन्य गतिविधि मौलाउँदै बाँकेमा

यौनजन्य गतिविधि मौलाउँदै बाँकेमा

spot_img

पछिल्लो समय बाँके नेपालगंजका अभिकांश होटल तथा नास्ता पसलहरु यौनजन्य गतिविधि मौलाउदै आएको पाइएको छ ।बाँके प्रहरीले बाँकेका नेपालगञ्ज,कोहलपुर,राँझा ,चप्परगौढी,गाभर होमस्टे गायतका क्षेत्रहरुमा यौनजन्य गतिविध बढेको पाइएपछि निगरानी बढाएको हो । जिल्लामा रहेका साना,ठुला होटल तथा कटेजहरुमा यौनजन्य गतिविधि हुने गरेका प्रहरीलाई गुनासो आउने गरेको बताइएको छ । यसरी जिल्लामा रहेका साना तथा ठुला होटलहरुमा यौनजन्य क्रियाकलाप बढ्दै जादा निगरानी बढाएको बाँके प्रहरी बताउँछ ।समान्यतय ठुला तथा मझौला होटलहरुमा हुने गरेका यौनजन्य गतिविधिहरु ग्रामीण क्षेत्रका नास्ता पसलहरुमा समेत हुन थालेको जिल्ला प्रहरी कार्यालय बाकेले बताउँछन ।प्रहरीको निगरानीलाई बढाउदै जादाँ बाँके हवल्दारपुर स्थिति कल्पना पन्थी नास्ता पसलबाट यौनजन्य गतिविधिमा संलग्न १० जनालाई पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले मधुर खबरलाई जानकारी दिनु भएको छ । डिएसपी न्यौपानले खुला सिमा नाकाले गर्दा नेपाली मात्रै नभएर भारतीय नागरीकहरु यौनजन्य गतिविधिमा आउन सक्ने संभावना रहेता पनि अझै सम्म कोही भारतीय यौनजन्य विषयमा प्रक्राउ परेको भने जानकारी नभएको बताउँनु भयो । शुक्रबार राती ६ जना युवा र ४ जना युवतीलाई पक्राउ गरिएको हो । यौनजन्य गतिविधि भैरहेको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले छापा मारेको थियो । नियन्त्रणमा रहेका उनीहरुमाथी अनुसन्धान भैरहेको बाकँके प्रहरीले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here