spot_img
Saturday, July 27, 2024
Homeब्यानरमोक्षभुमि संवाद नेपालगंजमा

मोक्षभुमि संवाद नेपालगंजमा

spot_img

बाँकेको नेपालगंजमा मोक्षभुमि संवाद तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । लामो समय देखि साहित्य क्षेत्रमा काम गदैै आएको भेरी साहितय समाज केन्द्रीय समितिको आयोजनामा शनिबार बाँकेको नेपालगंजमा साहित्यकार केशव प्रसाद दाहालद्धारा लेखिएको उपन्यास मोक्ष भुमि माथि संवाद गरीएको छ । कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेका आख्यानकार महेश विक्रम शाहद्धारा सहजीकरण गरीएको संवाद कार्यक्रममा उठेका प्रश्नहरुलाई सहजरुपमा साहित्यकार केशव प्रसाद दाहालले स्पष्ट पारका थिए । उपन्यासको उठान कसरी भयो? यसले कुन विषयको प्रतिविम्व गर्छ? उपन्यासमा भएको पात्रहरुको भुमिका लगायतका विषयमा उठेका जिज्ञासाहरु मेट्ने काम साहित्यकार तथा लेखक केशव दाहालले गरेका थिए ।साहित्य सृजनाका लागि आवश्यक पर्ने जमिन र समयलाई आफुले प्रयोग गरेको भन्दै साहित्यकार तथा मोक्षभुमिका लेखन केशव दाहालले आफ्नो कृति सामाजिक विषयलाई समेटेको भएता पनि पुर्णतया कथा भएको स्पष्ट पारका थिए ।कार्यक्रममा नेपाली शिक्षक महेन्द्र बहुमुखी क्याम्पसका मिना बरालले साहित्यकार धिरेन्द्रपे्रमश्रीको व्यक्तित्व चर्चा गरेकी थिइन भने महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजकुमार थारुले साहित्यकार केशव दाहालको व्यक्तित्व चर्चा गरका थिए । भेरी साहित्य समाज केन्द्रिय समिति नेपालगंज ,बाँकेका अध्यक्ष तथा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक हरी तिमिल्सेनाको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार किरण आर्चायद्धारा लेखिएको कृति विमोचन गरीएको थियो । साहित्यकार आर्चायले लेखेको लघुकथा सृष्टीचक्रको विमोचन सहित्यकार केशव दाहाल,धिरन्द्रपे्रमश्री,आख्यानकार महेश विक्रम शाह,भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष हरि तिमिल्सेना लगायतले गरेका थिए ।

साहित्यकार किरण आर्चायले लेखेको लघुकथा सृष्टीचक्रको विमोचन सहित्यकार केशव दाहाल,धिरन्द्रपे्रमश्री,आख्यानकार महेश विक्रम शाह,भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष हरि तिमिल्सेना लगायत


भेरी साहित्य समाजका महासचिव लेकप्रसाद प्याकुरेलद्धारा संचालन गरीएको कार्यक्रममा साहित्यकार चरित्रा शाहले स्वागत मन्तव्य दिइकी थिइन भने दाजुभाई क्रसर उद्योग डँडुवाले आर्थिक सौजन्य गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here